संखुवासभा, जेष्ठ २१ गते । संखुवासभाको मकालु गाउँपालिका-३ बाट बिभिन्न किसिमका जंगली जनावरको छाला लगायतका जडिबुटी सहित १ जना पक्राउ परेको छन् । सोमवार अपरान्ह साढे ५ बजेको समयमा नेपाली सेना, नेपाल प्रहरी तथा मकालु बरुण राष्ट्रिय निकुन्जको संयुक्त चेकीङ टोलीले को १ ज ३५१६ नम्बरको बलेरो गाडिलाई चेकजाँच गर्ने क्रममा भोटखोला गाउँपालिका-२ गुम्बा बस्ने बर्ष ५० को कर्मलामा भोटेलाई पक्राउ गरेको हो ।
प्रहरीले उक्त गाडीबाट बाघको पन्जा थान-१, दाह्रा थान-४, हड्डीको टुक्रा थान-२०, बारुद जस्तो देखिने गन्धक १५ ग्राम, चाईनिज पेस्तोलको गोली थान-१, रक्त चन्दन जस्तो देखिने काठको टुक्रा थान-१ (२५ ग्राम), जंगली जनावर थारको रौ सहितको छालाको टुक्रा थान-१, कालो ढुङगा ३०० ग्राम, फलामको टुक्रा २०० ग्राम, सर्पको छाला २ थान लगायत अन्य जडिबुटीहरु बरामद गरेको हो ।
बरामद सामान सहित भोटेलाई आवश्यक कानूनी कारवाहीको लागि मकालु बरुण राष्ट्रिय निकुन्जमा राखि थप अनुसन्धान भईरहेको छ ।



