🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जीपको ठक्करले  मोटरसाइकल चालक सेनाका  शैलेशको मृत्यु

दमौली, १३ जेठ (रासस) : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा जेठ १३ गते जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम माइजुमाई गाउँपालिका–३ प्वाङ बस्ने २६ वर्षीय शैलेश लिम्डुम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग २ च ९६२२ नं को दूध बोक्ने जीप र विपरीत दिशाबाट जाँदै गरेको मे ५ प ९२९६ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा घाइते भएका लिम्डुमको बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए  ।

मृत्यु हुने लिम्डुम नेपाली सेना गौरीबक्स गुल्म पोखरामा कार्यरत रहेको  प्रहरीले जनाएको छ । 
–––