🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पाक–कला (कुकरी)सम्बन्धी पहिलो राष्ट्रिय प्रतियोगिता

काठमाडाैं, जेठ १ गते ।   नेपाललाई पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा परिणत गर्ने मूल उद्देश्यसहित नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित “ नेपाल पर्यटन वर्ष २०२० ” मनाउने घोषणा गरेको परिप्रेक्ष्यमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीइभीटी), राष्ट्रिय सीप परीक्षण समिति, नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली परियोजना स्वीस कन्ट्याक्टले नेपाल सरकार र स्वीस सरकार, विकास सहयोग (एसडीसी) को सहयोगमा नेपालकै प्रथम राष्ट्रिय पाककला प्रतियोगिता २०७६  (National Skill Competition in Cookery)  आयोजना गर्न गइरहेको छ ।

औपचारिक तालीम लिएका वा अनौपचारिक रुपमा आफै सीप सिकेका एवं साना तथा मझौला होटल तथा रेष्टुरेन्टमा काम गरिरहेका कुकहरूको प्रतिभा पहिचान र प्रष्फुटन गराउने मूल उद्देश्य राखेर नेपालमा पहिलो पटक राष्ट्रिय पाककला प्रतियोगिताको आयोजना हुन लागेको हो ।

काठमाडौंस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) ले यो प्रतियोगिताको इभेन्ट पार्टनरका रूपमा व्यवस्थापकीय एवं संयोजनकारी कार्य गरिरहेको छ ।

यो प्रतियोगिताको मूल उद्देश्य पाककला (कुकरी) को अभ्यास गरिरहेका सेफहरूलाई पहिचान गरी उनीहरूलाई राष्ट्रिय स्तरमा कदर प्रदान गर्नु रहेको छ । यो प्रतियोगितामा सहभागि हुन सातै प्रदेशहरूमा तोकिएको केन्द्रहरूबाट आवेदन फारम बुझाउने व्यवस्था गरिएको छ,  यसमा १८ वर्षभन्दा माथिका पाककलासम्बन्धी ज्ञान र सीप भएका सबै नेपाली नागरिकले सहभागिता जनाउन पाउने छन् । प्रतियोगितामा सहभागी हुन महिला, दलित, जनजाति एवं पिछडिएका वर्गहरूलाई विशेष आह्वान गरिएको छ ।

प्रतियोगितामा प्रत्येक प्रदेशबाट कम्तीमा २–२ जना सहभागीहरू प्रथम छनोटमा पर्नेछन् भने उनीहरूबीचको अन्तिम प्रतियोगिता मिति असार ६ गते पोखरामा हुनेछ । सो प्रतियोगिताको विजेतालाई  ‘सेफ अफ द इयर’  घोषणा गरिने छ । साथै, भविष्यमा पूर्व सिकाईको मान्यता विधिद्वारा सीप परीक्षण गरी योग्यताको प्रमाणपत्र प्राप्त गर्ने बाटो खुल्नेछ । 

अन्तिम प्रतिस्पर्धामा उत्कृष्टहरूमध्ये, प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने सहभागीहरूलाई आकर्षक नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगितामा सहभागिताका लागि गेट कलेज र उसको प्रदेश नं १ को इटहरी, गण्डकी प्रदेशको पोखरा र प्रदेश नं ५ को नेपालगन्जमा रहेका गेट कलेजका भगिनी तथा साझेदार संस्थाहरू एवं अन्य प्रदेशमा सीटीईभीटीको प्रादेशिक कार्यालयहरूमा फर्म बुझाउन सकिने छ ।

यससम्बन्धी जानकारी दिन जेठ १ गते बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली परियोजनाका राष्ट्रिय टिम लिडर  देवीप्रसाद दाहाल, प्र्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीइभीटी), राष्ट्रिय सीप परीक्षण समितिका निर्देशक  विनोद बडाल, परियोजना राष्ट्रिय सल्लाहकार डा. प्रमोदबहादुर श्रेष्ठ,  नेपाल सेफ्स एसोसियनका पूर्वअध्यक्ष वरिष्ठ सेफ  गोविन्दनरसिंह केसी र गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले प्रतियोगिताका विभिन्न पक्षबारे जानकारी दिएका  थिए ।