🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

काङ्ग्रेस तदर्थवादमा चल्न सक्दैन : नेता कोइराला

बनेपा, २० वैशाख । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले नेपाली काङ्ग्रेस तदर्थवादमा चल्न नसक्ने बताएका छन ।

नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोक शाखाको शुक्रबार बनेपामा आयोजित छैटौँ जिल्ला अधिवेशन कार्यक्रममा उनले तदर्थवादमा चल्दा व्यक्ति बलियो भए पनि संस्था कमजोर हुँदै जाने बताए ।

नेता कोइरालाले विश्वभरि नै प्रेस स्वतन्त्रतामाथि खतरा आएको बताए । पत्रकारलाई विद्यतुीय कारोवार ऐन अन्तर्गत पक्राउ गरेर छोड्दा पनि पुनःअदालन परिसरभित्रै समातिनुले प्रेस स्वतन्त्रतामाथिको खतरा भएको उनकाे भनाइ थियो ।

युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले ‘साइबर क्राइम’ को नाममा पत्रकारलाई थुनिनु दुखद् भएको उल्लेख गर्दै लोकतन्त्र र प्रेस स्वतन्त्रताको लागि युनियन निरन्तर आन्दोलनमा रहेको बताए । रासस