🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

उत्तर कोरियाली नेता किम अमेरिकासँग पुनः वार्ता गर्न इच्छुक

सोल, ३० चैत । उत्तर कोरियाली नेता किम जोङ उन संयुक्त राज्य अमेरिकासँग आर्काे अर्थात् तेस्रो चरणको वार्ताका लागि सकारात्मक देखिएको समाचार छ । उत्तर कोरियाली नेता किमले आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तेस्रो चरणको वार्ता गर्ने इच्छा व्यक्त गर्नुभएको एक समाचारमा जनाइएको छ ।

उनले यदि अमेरिका सही रुपमा प्रस्तुत भएर वार्ताको टेबलमा बस्छ भने , आफू अर्काे चरणको वार्तामा बस्न पनि तयार रहेको बताउनुभएको हो । उत्तर कोरियाली नेता किमले यस वर्षको अन्त्यसम्म पनि आफूले अमेरिकाको एक साहसहिक निर्णयको लागि पर्खिबस्ने धारणा राख्नुभएको थियो । त्यस्तो साहसिक निर्णय अर्काे बैठकबाट पनि आउन सक्ने तर्फ इंगित गर्दै उहाँले यदि अमेरिका सही मानसिकताका साथ वार्तामा बस्ने हो भने त्यसका लागि आफू तयार रहेको धारणा राख्नुभएको हो ।

उनिहरुबीच केही महिनामात्र अघि भियतनामको हनोइमा पछिल्लो अर्थात् दोस्रो चरणको बैठक भएको थियो । तर त्यस बैठकमा भने उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीच कुनै निर्णय भने हुन सकेको थिएन । कुनै निर्णय अथवा सहमति नभएको भएता पनि वार्ता सकारात्मक भएको अमेरिका र उत्तर कोरियाले बताउँदै आएका छन् । यसैबीचमा आफू फेरि अर्काे वार्ताका लागि पनि तयार रहेको धारणा उनले राखेकाे समाचारमा जनाइएको छ ।

गएको फेब्रुअरी महिनामा भियतनामको राजधानी हनोइमा भएको दोस्रो चरणको बैठकले वास्तवमा अमेरिका उत्तर कोरियासँग सम्बन्ध विस्तार गर्न सकारात्मक छ कि छैन भन्ने विषयमा प्रश्न पनि उठेको नेता किमले बताए । उनले शनिबार उत्तर कोरियाको संसदलाई सम्बोधन गर्दै भने –हनोइ वार्तामा केही सहमति भएन तर वार्तालाई नकारात्मक भन्न मिल्दैन ।

तर पनि अमेरिका उत्तर कोरियासँगको सम्बन्धलाई थप विस्तारित गर्न साँच्चिकै इच्छुक छ कि छैन भन्ने बारेमा प्रश्न भने उठेको छ । संसदलाई सम्बोधन गरेको भन्दै उत्तर कोरियाली सरकारी समाचार समिति केसिएनएले दिएको जानकारी अनुसार सो सम्बोधनका क्रममा उत्तर कोरियाली नेता कमिले उत्तर कोरिया अमेरिकी धारणा बुझ्नका लागि पनि एक पटक फेरि तेस्रो चरणको वार्तामा बस्न इच्छुक छ, यदि अमेरिका चाहन्छ भने हामी तयार छौँ ।

सोही सम्बोधनकै क्रममा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आफ्नो सम्बन्ध भने बलियो रहेको उनले बताए । उनले भने– मेरो व्यक्तिगत सम्बन्धको कुरा गर्दा अमेरिकी राष्ट्रपति ट्रम्पसँग राम्रो सम्बन्ध छ, हामीले जुनबेला आवश्यक ठान्छौँ त्यतिबेला एक आपसमा चिठी लेख्न पनि सकेका छौँ, लेखेका पनि छौँ ।

उनीहरुबीच यसअघि दुई चरणमा वार्ता भएकाो छ । पहिलो चरणको वार्ता गत वर्षको जुन महिनामा सिंगापुरमा भएको थियो भने अर्काे वार्ता यसै वर्षको फेब्रुअरीमा भियतनाको राजधानी हनोइमा भएको हो । पहिलो चरणको वार्तामा उत्तर कोरियाली आणविक अस्त्रको होडबाजी रोक्ने र पारमाणविक उत्पादनहरुलाई रोक्ने विषयमा सहमति भएको भए पनि दोस्रो चरणको हनोइ बैठकमा भने त्यस्तो केही सहमति भएको थिएन । तर दोस्रो चरणको बैठकमा पनि फेरि अर्काे चरणको वार्ता भने गर्ने सहमति भएको बताइएको थियो । सोही बमोजिम उत्तर कोरियाली नेताले यो प्रस्ताव गर्नुभएको अनुमान गरिएको छ ।(रासस, एएफपी)