🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

  ठक्करबाट मोटरसाइकल  चालकको मृत्यु 

  बनेपा, ३०  चैत (रासस) : काभ्रेपलाञ्चोकको बनेपाबाट साँगातर्फ जाँदै गरेको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् ।

चैत २९ गते  साँझ बनेपा नगरपालिका–१३ भैँसेपाटी चोक नजीकै बा ७९ प ९३८८ नंको मोटरसाइकललाई ना ३ ख ६७८३ नंको ट्रकले पछाडिबाट ठक्कर दिँदा बनेपा नगरपालिका–५ का २८ वर्षीय गणेश तामाङको मृत्यु भएको हो । उनको धुलिखेल सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक दीपक रायले जानकारी दिए  ।

मोटरसाइकलमा सवार सोही ठाउँका २५ वर्षीया यशोदा हमाल गम्भीर घाइते भएकी छिन् । उनलाई  उपचारका लागि काठमाडौँस्थित नर्भिक अस्पताल लगिएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।