🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रतिभा र सुन्दरता 

एकपटक राजा विक्रमादित्यले महाकवि कालिदासलाई भने, तपाईं प्रतिभा सम्पन्न हुनुहुन्छ । तर भगवानले तपाईंलाई सुन्दर प्रतिभा जस्तै सुन्दर शरीर भने दिएनन् । राजाको त्यस्तो जिज्ञासा सुनेपछि कालिदासले एउटा सुनको र अर्को माटाको गाग्री मगाएर ती दुवै गाग्रीमा टन्न पानी भर्न लगाएपछि महाराजा तपाईंको यो जिज्ञासाको जवाफ सा“झमा दिन्छु । सा“झमा दरवार आएका कालिदासले सुनको सुन्दर र माटाको सामान्य गाग्रीबाट अलि अलि पानी निकालेर राजालाई चाख्न दिए र भने–यी दुई गाग्रीको पानी चाखेर कुनको पानी मीठो छ भन्नुहोस् । विक्रमादित्यले दुई वटै गाग्रीको पानी चाखेपछि भने–माटाको गाग्रीको पानी सुनको गाग्रीको पानीभन्दा मीठो र चिसो छ । त्यसपछि महाकविले भने–राजन तपार्इंको विहानको जिज्ञासाको जवाफ यही हो । जसरी माटाको गाग्री सुनको गाग्रीभन्दा गुणका कारणले गर्दा उत्तम छ । त्यसैगरी कुरुप शरीरमा पनि उत्तम प्रतिभा पाउन सकिन्छ र प्रतिभा सुन्दरताको तादत्म्यता हुनुपर्दछ भन्ने छैन ।