🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ट्रम्पको गाजा योजनाको जाँच गरिरहेको छः हमासको नजिकको प्यालेस्टिनी स्रोत

खान युनिस, प्यालेस्टिनी क्षेत्रहरू, १४ असोज (रासस÷एएफपी) : हमासको नजिकको एक प्यालेस्टिनी स्रोतलाई उल्लेख गर्दै एएफपीले  हमासले इजरायली प्रधानमन्त्रीको समर्थनमा रहेको गाजा युद्ध अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावको समीक्षा गरिरहेको जनाएको छ ।

“हमासले प्यालेस्टाइन र विदेशमा आफ्नो राजनीतिक र सैन्य नेतृत्व भित्र श्रृङ्खलाबद्ध परामर्श सुरु गरेको  नाम न छाप्ने सर्तमा बोल्दै स्रोतले जनाएको छ ।

“आन्दोलन सबै प्रस्तावहरूका लागि खुला रहेको र यसले हमास र प्रतिरोध गुटहरू दुवैको प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रतिक्रिया प्रस्तुत गर्ने जनाइएको ।  

“विशेष गरी दोहामा इजरायली आक्रमण पछि नेतृत्वलाई कुराकानी गर्न  गाह्रो भएकाले छलफल गर्न केहि दिन लाग्न सक्ने स्रोतले जनाकारी दिएको छ ।

यसै गरी अर्को एक प्यालेस्टिनी स्रोतले पनि हमासले ट्रम्पको योजनाको जाँच गरिरहेको पुष्टि गरेको छ ।