🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

बैतडीमा ‘भ्यान’ दुर्घटना, १० जना घाइते

बैतडी, ११ असोज : जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा ‘इलेक्ट्रोनिक भ्यान’ दुर्घटना हुँदा १० जना घाइते भएका छन् । धनगढीबाट पुर्चौडीहाट जाँदै गरेको  सु प प्र ०२ ००१ ज ६२० नम्बरको भ्यान आज दिउँसो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो ।

घाइते हुनेमा सबै बैतडीको पुर्चाैंडी नगरपालिकाभित्रका रहेका छन् । प्रहरी निरीक्षक बडूका अनुसार पुर्चौडी–५ का  १५ वर्षीय भुवन साउद, २८ वर्षीया यशोदा भट्ट, पाँच वर्षीय कोविट पन्त, २८ वर्षीया पवित्रा पन्त, पुर्चाैंडी–४ का १९  वर्षीया कमला धानुक, २२ वर्षीय प्रकाश धानुक, पाँच वर्षीय नरेश बोहरा, २८  वर्षीया वसन्ती अवस्थी, १७ वर्षीय विक्रम साउद र २२ वर्षीया सावित्री धामी रहेका छन् । 

घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ । १८ यात्रु सवार भ्यानका अन्य आठजनाबाहेक अन्यलाई बढी चोट लागेको छ । दुर्घटनाग्रस्त भ्यान सडकबाट करिब ५० मिटर तल खसेको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
—