🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भक्तपुरमा जेनजी आन्दोलनपछि प्रशासन र प्रहरी कार्यालय सेवामा फर्किए

भक्तपुर, ३० भदौ : जेनजी आन्दोलनका कारण तोडफोड र आगजनीमा परेको जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला प्रहरी मातहतका वृत्त एवं प्रभागहरु सेवामा फर्किएका छन् । 
    

आन्दोलनका क्रममा प्रशासनमा भएको तोडफोड र आगजनीबाट मुद्दा शाखा पूर्ण रुपमा ध्वस्त छभने अन्य सेवामा पनि असर परेको छ । प्रशासनले जलेका सवारीसाधन, कोठाभित्र थुप्रिएका खरानीलगायतका जलेर कवाडी भएका संरचना हटाउँदै सेवा सुरु गरेको प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले जानकारी दिनुभयो ।

    
उहाँले भन्नुभयो, “आगजनीले जिल्ला प्रशासन कार्यालयमा भएको फोहर सफाइ गरेर सेवा सञ्चालन गरेका छौँ ।” प्रशासन कार्यालयसँगै जिल्ला समन्वय समिति, काठमाडौँ उपत्यका नगर विकास कार्यालय भक्तपुरलगायतको जलेका क्षेत्रको सरसफाइ गर्दै सेवा सुरु गरेका छन् ।

जिल्लामा पूर्ण क्षति भएको यातायात कार्यालय, सूर्यविनायक नगरपालिका–४ र ७ को कार्यालय भने सञ्चालनमा आउन सकेको छैन ।

    
प्रजिअ घिमिरेले प्रहरी कार्यालयबाट लुटिएका हतियार, सञ्चार सेटलगायतका सबै सामग्रीहरु भदौ मसान्तभित्र बुझाइदिन सार्वजनिक सूचना जारी गरेको जानकारी दिँदै नबुझाएमा खोजी गर्ने क्रममा भेटिएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने बताउनुभयो ।

(तस्बिरमा ‘जेनजी’ आन्दोलनको क्रममा क्षतिग्रस्त मध्यपुरको मध्यपुर थिमि नगरपालिका कार्यालयको सरसफाइ गरिँदै । तस्बिर : चन्द्रकला क्षेत्री/रासस)