🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

संघीय संसद अन्तर्गतका तीन समितिको बैठक बस्दै, कैलाली कारागार घटनाबारे गृहमन्त्रीले जानकारी लिने

काठमाडौं, २८ साउन । संघीय संसद अन्तर्गतका तीन समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछ ।

जसअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिमा गृहमन्त्री रमेश लेखक जाँदैछन् । जुन बैठकमा कैलाली कारागारमा साउन २३ गते घटेको घटना, सोको प्रभाव र समस्या समाधानका उपायहरू बारे गृहमन्त्रीसँग छलफल गरिनेछ । जुन बैठक बिहान १०ः०० बजेबाट सुरू हुनेछ 

उता, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदनमा समेटिएका मूलभूत पक्षहरुका बारेमा छलफल हुनेछ । जुन बिहान ११ः०० बजे बोलाइएको छ ।

यसैगरी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा पुरानै अजेन्डा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा छलफल हुनेछ । सो बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।