🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पोखरीमा डुबेर बारामा सात वर्षीय बालकको मृ त्यु

निजगढ (बारा), २१ साउन (रासस) : बाराको कलैया उपमहानगरपालिका– ३ गङ्गापुरमा आज दिउँसो पोखरीमा डुबेर ७ वर्षीय बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका– ३ गङ्गापुरका रामईश्वर साहका ७ वर्षीय छोरा सञ्जीत साह रहेका छन् । घर नजिकैको छठघाटका लागि बनाइएको पोखरीमा डुबेर बालकको मृत्यु भएको हो । बालक पोखरीमा डुबेको देखेपछि स्थानीयले तत्कालै उद्धार गरी अस्पताल लगेका थिए ।   

बालकलाई उपचारका लागि कलैयास्थित आशिर्वाद अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिनुभयो ।