🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सङ्घीय समाजवादीको बैठक, भ्रष्टाचारविरुद्ध अभियान घोषणा

काठमाडौं । देशभर फैलिएको भ्रष्टाचार, लुटतन्त्र र बेथितिविरुद्ध जनजागरणको बिगुल फुक्दै नेपाल सङ्घीय समाजवादी पार्टीले भव्य अभियानको तयारी थालेको छ। पूर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी नेतृत्वको पार्टीको केन्द्रीय पदाधिकारी तथा काठमाडौँ उपत्यकाका नेताहरूको संयुक्त बैठक साउन २१ गते  बुधबार राजधानीस्थित बुद्धनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेर यो निर्णय गरेको हो।

बैठकको अध्यक्षता पार्टीकी उपाध्यक्ष सीमा खानले गरेकी थिइन् भने सञ्चालन महासचिव अनन्त राईले गरेका थिए । बैठकमा कोषाध्यक्ष ममताज अन्सारी, उपमहासचिवहरू जनक कार्की र सुरेन्द्र प्रधान, सचिव दिनेश पाख्रिन, उपत्यका इन्चार्ज चन्द्र तामाङ, विदेश विभाग प्रमुख ठाकुरचन्द्र गहतराजसहित अन्य केन्द्रीय पदाधिकारी तथा उपत्यकाका नेताहरूको उल्लेखनीय उपस्थिति थियो।

📌 अभियानका मुख्य मुद्दा र नारा

भ्रष्टाचार, लुटतन्त्र र बेथितिविरुद्ध राष्ट्रिय जागरण

सुशासन र पारदर्शिताका लागि जनदबाब

उत्पीडित र वञ्चित समुदायको अधिकार सुनिश्चितता

संघीयता, समावेशिता र समान अवसरको प्रत्याभूति

नारा :
“अन्यायविरुद्ध एकता, उत्पीडित जनताको मुक्ति हाम्रो लक्ष्य”

बैठकले संघीय गणतान्त्रिक गठबन्धनको आह्वानमा संयुक्त जनजागरण अभियानलाई दृढतापूर्वक अघि बढाउने निर्णय गर्‍यो। यसअन्तर्गत २०८२ भदौ ७ गते महोत्तरीको जलेश्वरमा र २०८२ भदौ २७ गते काठमाडौंमा भव्य अन्तरक्रिया तथा जनसभा आयोजना हुने भएको छ।

यी कार्यक्रमहरूलाई प्रभावकारी बनाउन सम्पूर्ण पार्टी पंक्तिलाई पूर्ण तयारीमा जुट्न निर्देशन दिइएको छ। काठमाडौँ उपत्यकाको कार्यक्रममा महासचिव राईको नेतृत्वमा १३ सदस्यीय तयारी समिति गठन गरिएको छ।

नेताहरूका अनुसार यो अभियान अन्याय, उत्पीडन र भ्रष्टाचारविरुद्ध जनताको आवाज बनेर उठ्नेछ। पार्टीले २०८२ भदौ २७ को ‘उत्पीडित जनताको मुक्ति आन्दोलन तथा वर्तमान राजनीतिक अवस्था’ विषयक विचार गोष्ठीमा देशभरका नागरिकलाई सक्रिय सहभागिताको आह्वान गरेको छ।