🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अनेरास्ववियु महाधिवेशन : मतदान जारी, १५ सय प्रतिनिधि सहभागी 

काठमाडौं । अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको मतदान प्रक्रिया जारी छ । कीर्तिपुरमा जारी महाधिवेशनमा अध्यक्षका लागि सुजन कडरिया र प्रकाश पौडेल प्यानलबीच प्रतिस्पर्धा हुँदैछ । अखिल महाधिवेशनमा करिब १५ सय प्रतिनिधि सहभागी भएको पूर्वअध्यक्ष सुनिता बरालले बताइन् ।

उनले भनिन्, ‘निर्वाचन बिहानैबाट सुरु भएको छ । करिब करिब १५ सय ३७ जना प्रतिनिधि सहभागि हुनुहुन्छ । विभिन्न ४० ठाउँमा मतदान हुँदैछ । विद्युतीय माध्यमबाट मतदान हुँदैछ । अहिलेसम्म शान्तिपूर्ण रुपमा स्वच्छ प्रतिस्पर्धाका साथ सबै निर्वाचनमा सहभागी भइरहनु भएको छ ।’ 

यसैगरी निर्वाचनको भोटिङ प्रक्रिया चार बजेसम्म जारी रहने छ । निर्वाचनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरिएको छ ।