🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चार दिनसम्म कान्ति लोकपथ बन्द हुने

हेटौडा, २१ जेठ । हेटौडा– काठमाडौं जोड्ने कान्ति लोकपथ आजदेखि चार दिन पूर्णरुपमा बन्द हुने भएको छ ।

कान्ति लोकपथ अन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले ४ दिन सडक बन्द गरिन लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना निकालेर आजबाट जेठ २४ गतेसम्म सडक पूर्णरुपमा बन्द हुने जानकारी दिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कडेलले निकालेको सूचनामा सडक बन्द हुँदा हेटौँडा–काठमाण्डौ र काठमाण्डौ–हेटौँडा चल्ने गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।

कान्तिलोकपथको वैकल्पिक सडकका रुपमा कुलेखानी–कलङ्की–हुमाने वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिनेछ ।