• सोमबार-बैशाख-८-२०८२

राजीनामा प्रकरण : सुमना आफैं किन परिन् तीनछक्क ?

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विवाद चरम उत्कर्षतिर लागेको छ । सहमहामन्त्री सुमना श्रेष्ठले राजीनामा दिएको सार्वजनिकसँगै विवाद उत्कर्षतिर लागेको हो । श्रेष्ठले एक पद एक जिम्मेवारीभन्दै असन्तुष्टि जनाएर राजीनामा दिएकी थिइन् । 

 

रवि लामिछानेको  विषयमा उच्च अदालतले पुर्पक्षका लागि  आदेश आउनुअघि नै सुमनाले राजीनामा दिएकी थिइन् । तर, उनको राजीनामा स्वीकृत भएको थिएन । तर, झन्डै दुईसाता अघि श्रेष्ठले राजीनामा दिएको विषय अहिले एक्कासी किन बाहिर आयो भन्ने चर्चाको विषय बनेको छ ।

 

सभापति लामिछाने गिरफ्तार  भएपछि भने उनले राजीनामा फिर्ता लिनेभन्दा पनि होल्डमा राख्ने बताएकी थिइन् । यो कुरा कार्यवाहक उपसभापति डीपी अर्याललाई पनि जानकारी गराएकी थिइन् । तर, त्यो होल्डमै भएका कारणले झन्डै २ साता गुपचुुप रहेको थियो । तर, २०८२ वैशाख ५ गते शुुक्रबार एक्कासी यो चर्चा बढ्यो ।


राजीनामा दिनुको कारण खासमा एक पद एक जिम्मवारी भन्ने त  हो नै त्यो बाहेक सभापति लामिछानेसहितको टीमसँग बढेको असहमति भन्ने पनि बुुझिएको छ ।    

 
स्राेत भन्छ,   वैचारिक हिसाबले र पार्टीको गतिविधिका हिसाबले पनि उनी असन्तुुष्ट रहेकी थिइन् । उनी पार्टीसँग जति असन्तुष्टि रहेकीछिन्, त्यति नै असन्तुष्टि  भने उनीप्रति नेता कार्यकर्ताको पनि थियो । 

 

सहमहामन्त्री बनाएको प्रति नै पार्टीभित्रबाट विरोध थियो । त्यसपछि पार्टी कार्यालयदेखि संसदसम्म उनको काम गर्ने शैलीको विरोध भइरहेको थियो । त्यसैले, पनि राजीनामा दिने स्थिति आएको बताइन्छ ।


यद्यपि, सभापति लामिछाने गिरफ्तार  भएपछि भने उनले राजीनामा फिर्ता लिनेभन्दा पनि होल्डमा राख्ने बताएकी थिइन् । यो कुरा कार्यवाहक उपसभापति डीपी अर्याललाई पनि जानकारी गराएकी थिइन् । तर, त्यो होल्डमै भएका कारणले झन्डै २ साता गुपचुुप रहेको थियो । तर, २०८२ वैशाख ५ गते शुुक्रबार एक्कासी यो चर्चा बढ्यो ।


   राजीनामा दिएको विषय चर्चामा त्यसदिन आयो जुन दिन पार्टीको केन्द्रीय समितिको बैठक  बस्दै थियो । त्यही दिन विहान एक्कासी राजीनामा चर्चा बाहिर आउनुलाई रहस्यमय रुपमा हेरिएको छ । सुमना श्रेष्ठ आफैले भने यो सार्वजनिक गरेकी होइनन् । त्यसैले, पार्टीभित्र सुमनासँग असन्तुुष्ट पक्षले सार्वजनिक गरेको हुने सक्ने आंकलन गरिएको छ ।


उनले आफूले राजीनामा फिर्ता लिन तयार रहेको भन्दै अर्याललाई जानकारी गराएको तर किन अहिले सार्वजनिक गरियो भन्ने चाहिं सुमनाले नै आश्चर्य जनाइरहेकी छिन् । 

 

स्रोतका अनुसार, अर्याल समूहले नै सार्वजनिक गरेको रास्वपाभित्र बहस भइरहेको छ । श्रेष्ठको राजीनामा सार्वजनिक गरेर उपसभापति स्वर्णिम वाग्लेमाथि प्रहार भएको पनि रास्वपाभित्र चर्चा भएको छ । निकटस्थसँग सुमना श्रेष्ठले पनि उक्त कुरा भनिरहेकी छिन् ।


अर्याल र वाग्लेवीच पार्टी नेतृत्वमा को पुग्ने भन्ने निकै ठूलो संघर्ष रहेको छ । संसदीय दलको नेतामा वाग्लेको दावी रहेको छ । वाग्लेको उक्त दावीमा अर्याल समूह सहमत छैन । त्यसैले, अर्याल समूह अहिले वाग्ले समूहलाई कमजोर बनाउन लागेको भन्दै श्रेष्ठले आफूले फिर्ता लिन खोजेको राजीनामा सार्वजनिक भएको भन्दै असन्तुष्ट देखिएको रास्वपा स्रोतबाट जानकारी हुन आएको छ ।(२०८२ वैशाख ८ गते)

प्रतिकृया दिनुहोस