काठमाडौँ, २२ माघ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले आज शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई भेटी नेपालका विद्यालयमा अङ्ग्रेजी भाषा प्रशिक्षणका लागि खटिएका स्वयम्सेवकलाई प्रवेशाज्ञाको प्रक्रिया सहज बनाई दिन आग्रह गरेका छन ।
राजदूत बेरीले सन् १९६२ मा स्थापना भएको लिङ्कन स्कूलमा अङ्ग्रेजी भाषा पढ्न चाहने विद्यार्थीलाई सहज वातावरण मिलाई दिन पनि अनुरोध गरेका छन । सिंहदरबारस्थित मन्त्रालयमा भएको सो भेटमा राजदूत बेरीले नेपालको शिक्षा क्षेत्रको विकासका लागि अमेरिकाले सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकाे शिक्षामन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्री पोखरेलले शिक्षामा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग पुर्याउँदै आएकामा अमेरिकी सरकारलाई धन्यवाद दिँदै सहयोगको निरन्तरताको अपेक्षा गरिएको बताए ।



