🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यस्तो छ बुधबारको लागि निर्धारित विदेशी मुद्राको विनिमयदर(सूचीसहित)

काठमाडौँ, २७ चैत : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा कायम भएको छ ।

 
युरोपियन युरो एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २८  पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।

 
अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ २० पैसा र बिक्रीदर ८३  रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ ।

 
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२  पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा कायम भएको छ ।

 
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६७ पैसा र बिक्रीदर ३० रुपैयाँ ८० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३ रुपैयाँ ७८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ १८ पैसा र बिक्रीदर २० रुपैयाँ २७ पैसा तोकिएको छ ।

 
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७ रुपैयाँ ८० पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ १९ पैसा र बिक्रीदर ४४९ रुपैयाँ १४ पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ९७ पैसा, ओमनी रियाल एकको खरिददर ३५७ रुयैयाँ ७६ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ३२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

 
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । 
–––

\"\"