काठमाडौँ । २०८१ चैत २१ गते बिहीवार ३ महिना १४ दिनपछि काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं जिम्मेवारीमा फर्किएका छन् । मेयर बालेन्द्र साहले २०८१ पुष पहिलो हप्ताबाट उनलाई कारवाहीस्वरुप काम गर्न नदिएर तनाव दिएका थिए । लगत्तै महानगरका कर्मचारीलाई निमित्तको जिम्मेवारी दिएपनि उनले पुषको दोश्रो हप्तामा राजीनामा दिएर बाहिरिएका थिए । त्यसयता तीन महिना १४ दिन महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन हुन पुगेको थियो ।
यो बिचमा महानगरका मेयर साहले चारपटक संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्रचार गरेर नयाँ प्रशासकीय अधिकृत खटाउन आग्रह गरेपनि सरकारले खटाएको थिएन । ०८१ फागुन १२ गते मन्त्रालयले एकैपटक ७८ जना सहसचिवहरुको सरुवा गरेको थियो । तरपनि मेयर साहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मन्त्रालयले नयाँ प्रशासकीय अधिकृत खटाउन आवश्यक ठानेन । उल्टै, २०८१ फागुन तेश्रो हप्तामा उनै सहसचिव गुरागाईंलाई हाजिर गराउन निर्देशन दिंदै पत्राचार गरेर चुनौती दिएको थियो ।
त्यसपछि भने मेयर बालेन संघीय सरकारप्रति आक्रमक हुँदै सामाजिक संजालमार्फत खनिएका थिए । त्यतिगर्दा पनि मन्त्रालयले नयाँ सहसचिवलाई नखाटएर मेयर साहसँग मुकाबिला नै गर्दै आएको थियो । तर, महानगर र महानगरमातहत निकायमा कार्यरत कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत अभावको कारण यो अवधिमा तलव खान नपाएको भन्दै आन्दोलनको चेतावनी दिएका थिए । त्यति गर्दासमेत मेयर साह टसमस भएनन् ।
उनले संघीय सरकारप्रति टसल नै गरेकोप्रति आपत्ति जनाउँदै चैत २१ गते बिहीवार सहसचिव गुरागाईंलाई उपमेयर सुनिता डंगोल, वडाध्यक्षहरु र महानगरका कर्मचारीहरुले महागर प्रहरीसँग भिडन्त गरेर जवर्जस्ती नियमित जिम्मेवारीमा फर्काएका छन् ।
मेयर साहले महानगरीय प्रहरीका प्रमखु राजुनाथ पाण्डेलाई प्रयोग गरेर सहसचिव गुरागाईंलाई कार्यकक्ष प्रवेशमा अवरोध गरेका थिए । तरपनि कर्मचारीहरुले भने संघर्ष गर्दै अवरोध पन्छाएर जवर्जस्ती कार्यकक्षमा प्रवेश गराएर औपचारिक रुपमा काम गर्ने वातावरण सिर्जना गरेका छन् ।
जसले गर्दा मेयर साह कर्मचारी र प्रमुख प्रशासकीय अधिकृत गुरागाईंप्रति बढी नै आक्रोसित हुन पुगेका छन् । मेयर साहको सन्कीपनका कारण महानगरलाई प्रमुख प्रशासकीय अधिकृतविहीन बनाउँदै तीन महिनादेखि कर्मचारीलाई तलव उपलव्ध गराउन नसक्दा उनी आफैं आलोचित बनेका छन् । त्यतिमात्र होइन, उनको इच्छा विपरीत कर्मचारी र जनप्रतिनिधिहरूको सहयोगमा सहसचिव गुरागाईंले जिम्मेवारी सम्हालेपछि मेयर साहको चुरीफुरीसमेत अन्त्य हुन पुगेको बताइन्छ ।
काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्धरले प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हालेसँगै सबै कार्य सहजरुपमा अगाडि बढ्ने जानकारी दिए । योसँगै रोकिएको कर्मचारीको तलबसमेत तत्काल उपलव्ध गराउने उनले बताएका छन् । बागबजारस्थि भ्यू टावरको केही तला बिना नक्सापास निर्माण गर्न दिएको भन्दै मेयर साह भत्काउने पक्षमा रहेका छन् । बनिसकेको संरचनालाई पुन नक्सा पास गरेर न्याय दिनुपर्ने कर्मचारीको मत रहेको छ । यही कुराबाट मेयर साह रुष्ट हुन पुगेको बताएको छ । (साँघु साप्ताहिक, २०८१ चैत २५)
प्रतिकृया दिनुहोस