🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रौतहट एसइई परीक्षा : दोस्रो दिन ३ सय ४० थान मोबाइल सेट बरामद 

रौतहट । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा सामेल परीक्षार्थीले बोकेका तीन सय ४० थान मोवाइल सेट बरामद गरिएको छ ।

विभिन्न परीक्षा केन्द्रमा चिट चोर्ने प्रयोजनका लागि परीक्षार्थीहरुले आफ्नो शरीरमा मोवाइल लुकाइ छिपाई परीक्षा हलभित्र प्रवेश गराएकोमा चेकजाँचका क्रममा फेला परेको प्रहरीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रवार एक प्रेस नोट जारी गर्दै दुई थान स्मार्ट वाच समेत बरामद गरेको जनाएको छ । परीक्षा हलभित्र गार्डको रूपमा खटी आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह नगरेको र अमर्यादित क्रियाकलाप गरेका दुई जनालाई परीक्षा अवधि भरका लागि निष्काशित गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपक कुमार राय बताए । 

उनका अनुसार बरामद गरी नियन्त्रणमा लिइएका मोबाइल सेट र स्मार्ट वाचका बारेमा आवश्यक अनुसन्धान कार्य भइरहेको छ । प्रहरीले कुन÷कुन परीक्षा केन्द्रबाट मोबाइल, स्मार्ट वाच र गार्डलाई निष्काशान गरेको खुलाएको छैन । 

पहिलो र दोस्रो दिनको समेत गरी ७ सय ६४ थान मोबाइल बरामद भइसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा अन्तर्गत शुक्रवार अनिवार्य  नेपाली विषयको परीक्षा भएको हो । 

यस वर्षको एसईई परीक्षामा यहाँ ४० वटा परीक्षा केन्द्रमा १० हजार ४ सय ८४ जना परीक्षार्थीहरु परीक्षामा सामेल भएको शिक्षा विकास तथा समन्वय इकाइ रौतहटले जनाएको छ । 
 

\"\"