🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मकै बेच्दा कर लिने सरकार एनसेलको ७२ अर्ब कर किन लिन्न ? Ncell ले  कर नतिरे टावर ध्वस्त : गैरे

माघ १७, बुटवल। एनसेल टेलिकम सेवाले राज्यलाई ७२ अर्ब कर नतिरेको भन्दै माघ १७ गते  अखिल (क्रानितकारी) रुपन्देहीले कालो ब्यानरसहित विरोध सभा गर्दै तत्काल कर तिर्न र नतिरे टावरहरु ध्वस्त पारिदिने चेतावनी दिएका छन् ।

माघ १७ गते  रुपन्देहीको मुर्गियास्थित मुर्गियाचोकमा गरिएको विरोध सभालाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष रमेश गैरेले ऐनसेलले नेपालमा कर नतिरे ७७ बटै जिल्लामा रहेका ऐनसेल टावर ध्बस्त पार्ने चेताबनी दिदै ५५ बटै जिल्लामा जनकार्यबाही पहिले पनि भएको र अब पनि नेपाल सरकारलाई तिर्नु पर्ने कर ७२ अर्ब नतिरे त्यसको हिसाबकिताब छिट्टै नै हुने बताए ।

उनले जनताले मकै बेच्दा, बाख्रा र भैसी बेच्दा कर उठाउँने तर एनसेलले नतिर्दा पनि हुने रु यस्तो हामीलाई सह्य छैन, तत्कालको करको दायरामा ल्याईयोस नत्र परिणाम राम्रो आउँदैन ।

त्यस्तै संगठनका उपाध्यक्ष गोपाल रोक्काले एनसेलसँग नेताहरुले चुनावखर्च लिएर कर नदिने सम्झौता गरेको भन्दै एनसेलसँगै चुनाव खर्च उठाएका नेताहरुलाई पनि कारबाही गर्ने चेतावनी दिए ।

संगठनका जिल्ला सदस्य पारस रहादी मगरले सञ्चालन गर्नुभएको कार्यक्रममा झण्डै २ सय विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।