काठमाडौं । राष्ट्रिय प्रसारण ऐन, २०४९ को दफा १४ ले जनस्वास्थ्यलाई हानी पु¥याउने धुम्रपान तथा मदिराजस्ता पदार्थहरूको विज्ञापन प्रसारणलाई निरुत्साहित गर्ने व्यवस्था कानूनी रुपमै किटान छ ।
–विज्ञापन (नियमन गर्ने) ऐन २०७६ ले पनि प्रचलित कानूनले विज्ञापन गर्न निषेध गरेको विषयमा विज्ञापन गर्न नहुने भन्छ ।
– जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ (१) मा ‘मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थलगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न पाइने छैन’ भनेर किटान नै गरिको छ ।
– सर्वोच्च अदालतले पनि २०७९ साल फागुनमै मदिराको विज्ञापन र प्रचार प्रसारमा रोक लगाउन फैसला गर्दै यसतर्फ कदम चाल्न सरकारलाई आदेश दिइसकेको छ ।
अदालतको आदेश र कानूनका यी स्पष्ट प्रावधानलाई आँखा चिम्लेर देशका तीनवटा प्रमुख राष्ट्रिय दैनिक पत्रिकाहरूले मदिराको विज्ञापनलाई समाचारको रूपमा प्रस्तुत गरेको विषय य(ितबेला पत्रकारविचमै चिन्ता, चासो र छलफलको विषय बनेको छ । आफूलाई ठुला मिडिया दावी गर्ने कान्तिपुर, अन्नपूर्ण पोस्ट र नयाँ पत्रिकाले उस्तै खालको शीर्षक राखेर रक्सीको प्रचार हुनेगरी एउटै किसिमको सामग्री प्रकाशित गरेपछि पाठकसमेत झस्किएका छन् ।
फरकफरक मिति पारेर यी मिडियामा मदिराको प्रचार, प्रसार र प्रबद्र्धन हुने गरी रक्सीका एउटै सामग्री प्रकाशित भएको देखिन्छ । २०८१ फागुन १९ गतेको मितिमा कान्तिपुर दैनिकले पत्रकार आचार संहिताविपरीत ‘यती डिस्टिलरीद्वारा नेपाली लोककलाको प्रवद्र्धनार्थ योगदानबापत पौभा कलाकार समुन्द्रमान सिंह श्रेष्ठ सम्मानित’ शीर्षकको सामग्री छापिएको छ । लगत्तै २०८१ फागुन २० गते अन्नपूर्ण पोष्टले पनि त्यही म्याटर छापेको छ ।
२०८१ फागुन २२ गते आएर नयाँ पत्रिका दैनिकले समेत मदिराको विज्ञापन हुने गरी त्यही सामग्री पत्रकार आचार संहिताविपरीत प्रकाशित गरिएको छ । ‘प्रेस विज्ञप्ति’ भन्दै कानून र पत्रकार आचार संहिताले निषेध गरेको म्याटर एउटै शीर्षक र पछिल्लो एउटै पानामा छापेका छन् । तर, नियमनकारी संस्था प्रेस काउन्सिल नेपाल रहस्यमय तरिकाले मौन रहेको छ ।
कानून र पत्रकार आचार संहिताले निषेध गरेको कुरा पत्रिकामा छापिएको विज्ञापनिक समाचारमा ओल्ड दरबार ह्विस्की र कलाकार श्रेष्ठको कलाकृति ‘द मिथिकल ट्रेजर्स’ लाई ओल्ड दरबार ह्विस्कीको पछिल्लो संस्करण ‘फिफ्टिन इयर्स ओल्ड ब्लेन्डेड स्कच ह्विस्की’ मा समावेश गरिएको जनाइएको छ । यसबाट सर्बोच्च अदालतको आदेश, कानून र पत्रकार आचार संहिताले निषेध गरेको विषयमा प्रत्यक्ष रूपमा मदिराको प्रचार भएको छ ।
यसरी घुमाउरो पाराले मदिरालाई विज्ञापनमार्फत प्रोत्साहन गर्ने कार्य संयोग मात्र नभएको भन्दै पत्रकारका अगुवाबिचमै चर्चाको विषय बनेको छ । मिडियामार्फत मदिराजन्य पदार्थको विज्ञापन गर्न नमिल्ने कानूनी प्रावधानलाई छल्न अपनाइएको कूटनीति भन्दै पत्रकारबिच टिप्पणी भइरहेको छ ।
२०८१ चैत १ गते शुक्रबार सूचना विभागमा भेटिएका एकजना अग्रज पत्रकारले विज्ञापनका नाममा छापिएको समाचार देखाउँदै साँघु सम्बाददातासँग यसो भने, ‘आवरणमा सर्सर्ती पढ्दा यती डिस्टिलरी प्रालिले पौभा कलाकार समुन्द्रमान सिंह श्रेष्ठलाई नेपाली परम्परागत कलाको संरक्षण र यसको प्रवद्र्धनमा योगदान पु¥याएकोमा सम्मान गरेको जस्तो पनि देखिन्छ । झट्ट हेर्दा विज्ञप्ति भनिए पनि सूक्ष्म रुपमा हेर्दा समाचारको आवरणमा रक्सीको प्रचार छ्याङ्गै देखिन्छ ।’
एक अनलाइनको सल्लाहाकार समेत रहेका ती अग्रज पत्रकारले मदिरा कम्पनीले कलाकारको सम्मान गरेको समाचार जस्तो भान परे पनि सारमा बुझ्दा यसको मूल उद्देश्य लाखौ खर्च गरेर ओल्ड दरबार ह्विस्कीको नयाँ उत्पादनको प्रचारप्रसार र बजार प्रबद्र्धन गर्ने नै रहेको आफ्नो ठहर सुनाए । उनले विज्ञप्ति भनिए पनि सामग्रीहरू पढ्दा शिक्षित पाठकलाई समेत समाचार नै रहेको भ्रम परेको बताए ।
नेपालको कानून मात्र नभै पत्रकार आचारसंहिता २०७३ को बुँदा ७ (१) ले पनि पत्रकार तथा सञ्चारमाध्यमले पाठक, श्रोता वा दर्शकमा भ्रम वा संशय उत्पन्न नहुने गरी समाचार, लेख, विचार र प्रायोजित सामग्री वा विज्ञापनबीच फरक हुनेगरी सम्प्रेषण गर्नुपर्दछ भन्छ । पत्रकार आचारसंहिता अनुसार विज्ञापनलाई विज्ञापन कै रुपमा र समाचारलाई समाचारकै रुपमा प्रस्तुत गर्नुपर्ने हुन्छ । मिडियाका विज्ञ एवम् शुभचिन्तकबिच यतिबेला मदिरालाई ‘ठूला मिडिया’ले गरेको अनौठो प्रचारशैलीबारे वहस र टिप्पणी चलिरहेको छ ।
कानूनले निषेध गरेका बस्तुको विज्ञापन गरेर पत्रिकामा विज्ञापनिक समाचार छाप्न कानून, पत्रकार आचारसंहिता मात्र नभै पत्रकारिताको आधारभूत सिद्धान्तले पनि नमिल्ने निश्कर्ष विज्ञहरुको छ । सँगसँगै पाठकलाई भ्रममा पारेर झुक्याउने विज्ञापनिक समाचारलाई नोटिसमा लिएर नियामक निकाय प्रेस काउन्सिलले कानूनको दायरामा ल्याउने आँट गर्लान् ? भन्ने पेचिलो प्रश्न पनि उब्जिेको छ । नत्र मिडियाकै बिच पनि ‘सानालाई ऐन, ठूलालाई चैन’ हुने अवस्था देखिएको छ । (साँघु साप्ताहिक, २०८१ चैत ४)
प्रतिकृया दिनुहोस