🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विवादकै बीच एनटीभी एचडी प्रणालीमा जाने 

काठमाडौं, १६ माघ : संसदको विकास तथा प्राविधिक समितिले निर्देशन दिए अनुसार भोलि अर्थात् माघ १७ बाट एनटीभी एचडी प्रणालीमा रुपान्तरण हुँदैछ । 

संसदीय समितिको यो निर्देशन अनुरुप एनटीभीभित्रको पचासौं करोडको अनियमित खरिदले वैधानिकता पाउने स्थिति देखिएको छ । खरिद ऐन मिचेर बिना टेण्डर १० वर्षको लागि थाइकमकाे स्याटेलाइट भाडामा लिएर प्रधानमन्त्रीलार्इ उद्घाटन गराएर   ढाकछोप गर्ने प्रयास भइराखेको एनटीभी स्राेत बताउछ । प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद, अपुरो र अधुरो एचडीको उद्घाटन गर्न लागेको समाचार बाहिरिएको छ । 

अहिलेसम्म एचडी प्रसारणका लागि भनेर २ करोड ६० लाखमा खरिद गरिएको एउटै क्यामेरा समेत नआएको स्राेत बताउछ । यो सरासर एचडीको बाहनामा सर्वसाधारण  दर्शकलाई मूर्ख बनाउन काम भइरहेको एनटीभीा पत्छरकार चर्चा गर्छन् । उता स्टुडियोभित्रको हालत पनि बेहाल नै रहेकाे स्राेत बताउछ, उपकरण फेरबदल गर्ने काम निश्चित समयमा नै सकिनेमा अन्योल छ । 

बेथितीको कुरा गर्ने हो भने एनटीभी खोले मात्रै पनि पुग्छ । कहिले प्रसारण रोकिने, कहिले भिडियो नदेखाउने र आवाज नै नआउनेजस्ता समस्याले पीडित छ एनटीभी । यस्तो भद्रगोल र समस्याकाबीच संसदीय समितिको आड लिएर प्रधानमन्त्रीलाई एचडी प्रसारणको शुभारम्भमा प्रमुख अतिथि बनाउनु कति उचित हाे ? एनटीभीकै पत्रकारहरूले प्रश्न गर्दैछन् ।