कूटनीतिज्ञ डा. मदन भट्टराईको श्रृंखलात्मक अभिव्यक्तिको क्रममा इम्प्रिन्ट पब्लिशर्सबाट प्रकाशित चौथो प्रस्तुति “नेपालको परराष्ट्र सम्बन्ध; संक्रमणकाल र प्रो. नरेन्द्र मणि दीक्षित“ को सामुहिक रूपमा लाेकार्पण श्रीमान कल्याण श्रेष्ठ , डा. मोहन प्रसाद लोहनी , डा. कुसुम शाक्य, कनकमणि दीक्षित र कार्यक्रम प्रस्तोता टीका राम यात्री, (जो हेर्दा बच्चा जस्तो देखिने तर उनले प्रयोग गर्ने शब्द निकै क्लिष्ट हुने गर्दछ)ले सामुहिक रुपमा पुस्तकको लाेकार्पण नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीबाट गरियो I लाेकार्पण कार्यक्रममा समाजको विविध विधा र खास गरि कूटनीतिक क्षेत्रका व्यक्तित्वहरूकाे उल्लेख्य उपस्थिति देखिन्थ्यो I
सर्बोच्च अदालतका पूर्व प्रधान न्यायाधीश श्रीमान कल्याण श्रेष्ठले उनको पुस्तकको कमी नहेरी उनलाई वहन दिने र त्यसबाट विगतको वास्तविकताको चित्रण प्रष्ट हुने बताए भने डा. मोहन लोहनी, जो बंगलादेशका राजदूत थिए, ले पुस्तकबारे समीक्षा गरे र यसमा भएका कमीकमजोरी खास गरि दोहोरोपनलाई संयोजनको जरुरी रहेको बताए I
त्यसैगरि डा. कुसुम शाक्यले (आज २०८१ फागुन २४ गते, ८ मार्च, २०२५) अन्तर्राष्ट्रिय महिला दिवस समेत भएको अवसरमा आफ्नो भनाई राख्न पाउँदा गौरवको अनिभूति भएको बताए I समाजसेवी तथा शिक्षाविद् कनकमणि दीक्षितले आफ्नो पूर्खाको बारेमा यसरी दस्तावेजीकरण हुनु राम्रो कार्य हो भन्दै लेखकलाई धन्यवाद दिए I
पुस्तकमा पर्याप्त सन्दर्भ, फुटनोट, डिटेलमा राखिएको छ I सरसरी हेर्दा नेपालको कूटनैतिक क्षेत्रको योगदानको बारेमा र यसको इतिहासको बारेमा जान्न चाहने जिज्ञासु र कूटनीतिक क्षेत्रमा काम गर्नेले पढ्नै पर्ने पुस्तकको रुपमा डा. भट्टराईले निकै मेहनत गरेर लेखेका छन् I
लेखकको पनि प्रो. नरेन्द्रमणि दीक्षितसंग केवल ४५-४६ मिनेटको भेट भएको र त्यसबेला उनी पर्राष्ट्र सेवामा काम गरेको समेत थाहा नभएको भनि लेखकले बताए I पर्राष्ट्रमा उनको धेरै अनुभव भएबाट समेत श्रृंखलाबद्ध पुस्तक आउने क्रममा यो पहिलो र उनको सायद चार पुस्तक सार्वजनिक भैसकेका छन् I
त्यसर्थ उनले यो पुस्तक लेख्दै गर्दा निकै मेहनत गर्नु पर्यो होला भन्ने अनुमान सहजै लगाउन सकिन्छ I उनको विगतका पुस्तकहरुमा अभिलेखिकरण हुने सत्यतथ्य हुने, व्यक्ति विशेषको चर्चा परिचर्च हुने गरेको छ र आगामी श्रृंखलामा कूटनीतिको चुरो कुरा समेत आउने अपेक्षा गरौं I जे होस् काम सह्राहनीय छ, पुस्तक पठनीय र संग्रहनीय छ I
पुस्तकको विषय सूचीमा नेपाल भारत सम्बन्धको पाटो र विशेषसम्बन्ध, १९५०-५१ को परिवेशमा पर्राष्ट्र सम्बन्धलगायत २८ वाट अत्यत्न नै रुचीकर विषयबस्तु राखिएका छन् I
विस्तृत समीक्षा पुस्तक पछि होला I पुस्तक आधुनिक शैलीमा अडियो, डीजिटाईज़ेसन आदि भएमा युवा पुस्ता यो पुस्तक पढ्न बढी अभिप्रेरित र User/Reading - friendly हुने अपेक्षा गर्न सकिन्छ I
प्रतिकृया दिनुहोस