• आइतबार-चैत-२४-२०८१

प्रकाश सपुत, स्वस्तिमा खड्का अभिनित सिनेमा ''बसन्त'' केही प्रतिबिम्ब

  ​जातीय व्यवस्थाको बारेमा नेपालमा पहिलो चलचित्र हो कि ?

नव वर्ष ​२०८२ बैशाख लाग्दै गर्दा यही नयाँ वर्षको सुरुवात भएसंगै नयाँ जिन्दगीको सपना देख्नेहरुका लागि बसन्त साँच्चिकै एउटा हेर्न लायक चलचित्र प्रदर्शन भएकाे   छ I गायक प्रकाश सपुतले जातीय विभेद र वर्ण व्यवस्थाको कथावस्तुमा आधारित हुने फिल्म ‘वसन्त’ निर्देशन उत्पादन गरि प्रदर्शन गरेका छन् । यो सोसल-ड्रामा फिल्म निर्माणको हो भन्नुमा अत्युक्ति नहोला ।


​फिल्मको शीर्ष भूमिकामा सपुतसहित स्वस्तिमा खड्का, अनुप बराल, कमलमणि नेपाल र प्रकाश घिमिरेको अभिनय छ । निर्देशनसहित फिल्मको संगीत र पटकथा पनि सपुतकै हो ।

   ​फिल्ममा सपूतले घरको स्थितिको कारण कार्यालय सहायकको रुपमा कार्य गर्दा एक जना छिमेकीले “राम्रो काम पायो भनेको फेरि फलाम नै ठोक्ने काम पाएछ “ भन्ने अभिव्यक्तिले मन छोयो  I सपुत आरनमा काम गर्ने लोहारको रोलमा देखिएका वसन्तको भूमिकामा छन् ।


​फिल्मको प्रदर्शन मिति चैते दशैंको एक दिन अगाडि गरिएको छ । आफ्नो युट्युब च्यानलबाट टिजर सार्वजनिक गर्दै सपुतले यो प्रोजेक्टबारे विस्तृत जानकारी गराएका थिए ।


​फिल्मको कथावस्तुको सेटिङ बागलुङको ग्रामीण क्षेत्रको हो । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र यो लक्ष्य हासिल गर्न उसले हासिल गर्ने संघर्ष यसको कथा हो ।


   ​फिल्ममा सपूतले घरको स्थितिको कारण कार्यालय सहायकको रुपमा कार्य गर्दा एक जना छिमेकीले “राम्रो काम पायो भनेको फेरि फलाम नै ठोक्ने काम पाएछ “ भन्ने अभिव्यक्तिले मन छोयो  I सपुत आरनमा काम गर्ने लोहारको रोलमा देखिएका वसन्तको भूमिकामा छन् ।


​स्वस्तिमाले शान्ति नामक पात्रको रोल गरेकी छिन् । स्वस्तिमाले कथित उपल्लो जातकी युवती शान्तिको भूमिका गरेकी छिन् । यी दुईले फिल्मभित्र ‘लभ इन्ट्रेस्ट’को भूमिका निर्वाह गरेका छन् ।


​गलबन्दी प्रोडक्सनले निर्माण गरेको हो I  केही समय अगाडि महिलालाई पर्दामा मात्र नल्याएर बलियोसँग प्रस्तुत गर्नुपर्छ भन्ने सपुतको तरिका आफूलाई मनपरेको स्वस्तिमाले बताएको स्मरण हुन्छ ।


​पहिलो दिनको प्रतिक्रिया सार्बजनिकलाई सरसरी हेर्दा धरैले फिल्म राम्रो", धेरै राम्रो, उत्कृष्ट , एकदमै राम्रो भनेका छन् तापनि आगमी दिनमा यसको प्रतिक्रिया आउने अपेक्षा गर्न सकिन्छ I सामाजिक सन्देश धेरै राम्रो, मन छुनै रैछ र सबै राम्रो लाग्यो भन्ने पनि छन् I ​अहिले फिल्म अलि लेन्दी भएको भनेर चाहिँ धेरै दर्शकहरुले प्रतिक्रिया समेत आएको छ I 


सिनेमा यस्तो मजाले नदी जस्तै एउटा धारमा बगिरहेको छ जुन धारमा तपाईं पसिसके पछाडि कति बेला निस्केछु थाहै हुन्न हो सिनेमा त्यो चरणको छ सिनेमाको कथा त्यो छ जुन कथा तपाईंले भोगेको हामी आफैले भोगेका कथाहरुमा सिनेमा बोगेको छ" भन्नेअभिमत राख्नेहरु पनि छन् I


हामी सबै बराबर नै हौ I जहाँ एउटा सन्तानप्रतिको आमाको सपना छ जहाँ एउटा साथीको कर्तव्य र उत्तरदायित्व त्यतिकै छ र जहाँ एउटा सपना छ जुन सपना पूरा गर्नका लागि हामी देश छोड्न बाध्य छौ घर छोड्न बाध्य छौं र घरबाट पर संसार छ भनेर हामी हिडिरहेका छौं त्यही सपना र त्यही कथामा आधारित चलचित्र हो बसन्त !


​कति हँस्यौली ठट्यौली शैलीमा हाम्रा बाल्यकालहरु बिताइरहेका अवस्थामा पनि संघर्षका कुराहरुलाई बसन्तले उठाउन खोजेको छन I सिनेमा भित्र भएका कथाहरु विवादित हुन् कि भनेर कति समुदायले चाहिँ सिनेमा हेर्नै खोज्नु भएन भन्ने समेत कुरा उठ्नु हालको सन्दर्भमा त्यति सान्दर्भिक होइन कि ?


​"बसन्त"ले दर्शकबाट सामान्यतया सकारात्मक प्रारम्भिक स्वागत पाएको देखिन्छ, यसको आकर्षक कथा कथन, सम्बन्धित विषयवस्तुहरू र बलियो सामाजिक सन्देश, विशेषगरी जातीय मुद्दाहरूको लागि प्रशंसा सहित । तर, कतिपय दर्शकले फिल्म सोचेभन्दा लामो भएको पाए । प्रकाश सपुतसँगको सम्बन्धले निर्देशक नभए पनि चलचित्रमा उनको विषयगत प्रभाव देखाउँछ। फिल्मले सफलतापूर्वक चर्चा र सुरुवाती दर्शकहरूमाझ भावना जगाएको देखिन्छ ।


 
​जातीय व्यवस्थाको बारेमा नेपालमा पहिलो चलचित्र हो कि ?


​छिमेकी मुलुक भारतमा सन् १९७४ मा बनेको “अंकुर” हिन्दीमा श्याम बेनेगलको पहिलो फिचर फिल्म र शबाना आजमीको डेब्यू फिल्म सेल्युलोइड इतिहासमा जाति व्यवस्थामा सबैभन्दा साहसी फिल्महरू मध्ये एक मानिएकाे छ ।


सूर्य (अनन्त नाग) शहरमा उच्च शिक्षा छाडेर आफ्नो बुबाको खेतबारी हेरचाह गर्न आन्ध्र प्रदेशको गाउँमा सर्छन् । सर्नु अघि, उसले सारु (प्रिया तेन्दुलकर)सँग बिहे गर्छ तर छोड्छ।


गाउँमा उनलाई घरेलु कामदार लक्ष्मी (आज्मी) नामक दलित महिलाले पिरोलेकी छिन्, जसको रक्सी पिउने पतिले उनलाई त्यागेको छ। सूर्य र लक्ष्मीको अफेयर गाउँ पञ्चायतमा चर्चा बन्छ, र जब सरु गर्भवती लक्ष्मी खोज्न गाउँ फर्किन्छिन् तब कुरा बिग्रन्छ। सूर्यले लक्ष्मीलाई आफ्नो सामाजिक हैसियतको लागि खतरा ठान्छन् र उनलाई घरबाट निकाल्छन्।


​घटनाहरूको यो मोडले लक्ष्मीको आँखा तल्लो जातको पृष्ठभूमिबाट आएको दुर्दशा र उनको निर्णय र शरीरमा वास्तवमा कति कम छ भनेर खोल्छ । ​बेनेगलको डेब्यू देशको सामाजिक कुरीतिहरू विरुद्धको विद्रोहको पहिलो झलक मात्र थियो जुन उनको फिल्मोग्राफीमा हावी थियो। ​समग्रमा , पूर्वाग्रह र जातीय संस्कारलाई त्यागी निस्पक्ष भएर चलचित्र हेरेमा नेपालमा बनेका माैलिक चलचित्र मध्ये  यो चलचित्र राम्रो मध्येकाे पनि राम्राे  बनेको छ I

प्रतिकृया दिनुहोस