विगतमा भन्ने गरिन्थ्यो—सबैभन्दा पुरानो कुरा के हो भनी सोद्धा हिजोको पत्रिका भनिन्थ्यो । छापा मिडिया, जसमा पत्रपत्रिका, पत्रिका, ब्रोसिट र अन्य भौतिक प्रकाशनहरू समावेश छन्, का आफ्नै फाइदा र बेफाइदाहरू छन् ।
गिद्धे छापाखाना अर्थात् गिद्धे प्रेस नेपालको पहिलो छापाखाना हो । यो प्रेस प्रधानमन्त्री जंगबहादुर रानाले आफ्नो एक वर्षे बेलायत भ्रमण सकेर नेपाल फर्किदा वि.सं. १९०८ मा आफ्नै साथमा ल्याएका थिए । तत्कालीन बेलायतकी महारानी भिक्टोरियाले उपहारस्वरूप दिएको यो प्रेसलाई उनले थापाथलीस्थित आफ्नै दरबारमा जडान गर्न लगाएका थिए ।
“भी एण्ड जे. फिज्जिन्स मेकर्स” लेखिएको त्यस मेसिनको अग्रभागमा पँखेटा फिजाएको गिद्धको आकृति भएकाले त्यस प्रेसलाई नेपालमा गिद्ध प्रेस नामबाट चिनिएको थियो । यसलाई नेपालमा गिद्धे प्रेस भनिए पनि यसको वास्तविक नाम कोलम्बियन प्रिन्टिङ प्रेस हो । सुरुमा जर्मनीका गुटेनबर्गले अंगुर निचोर्ने हाते मेसिनलाई सुधारेर एउटा हाते प्रेस आविष्कार गरेका थिए । अक्षरमाथि मसी दलेर त्यसमाथि कागजको पाना राखेर माथिबाट थिच्दा सिसाका अक्षरको छाप कागजमा उतार्ने उपाय अपनाइन्थ्यो । यो हातेप्रेस त्यसैको सुधारिएको रूप हो, जुन अमेरिका कोलम्बियामा बनेको थियो ।
छापा मिडियाका फाइदाहरू
मूर्तता :
छापा मिडिया एक भौतिक उत्पादन हो, जसलाई पाठकहरूले राख्न सक्छन्, जसले थप व्यक्तिगत सम्बन्ध सिर्जना गर्न सक्छ ।
विश्वसनीयता :
अहिले पनि धेरै मानिसहरूले छापा मिडियालाई डिजिटल स्रोतहरूको तुलनामा बढी विश्वसनीय ठान्छन् ।
ध्यान अवधारण :
अध्ययनहरूले देखाउछन्–पाठकहरूले प्रायः स्क्रिनको सट्टा छापाबाट पढ्दा जानकारी राम्रोसँग सम्झिन्छन्, किनकि छापाले ध्यान भंग कम गर्छ ।
लक्षित विज्ञापन :
विशेषगरी पत्रिकाहरू वा स्थानीय समाचारपत्रहरूले लक्षित विज्ञापनमार्फत प्रभावकारी ढंगले विशिष्ट जनसांख्यिकीमा पुग्छन् ।
प्रविधिको आवश्यकता हुँदैन :
छापा मिडियालाई इलेक्ट्रोनिक उपकरण वा इन्टरनेट जडानबिना पढ्न सकिन्छ ।
लामो शेल्फ लाइफ :
पत्रिका र समाचारपत्रहरूलाई लामो समयसम्म राख्न सकिन्छ, जसले सामग्रीसँग निरन्तर संलग्नता दिन्छ ।
आकर्षण :
उच्च गुणस्तरको छापा मिडिया दृश्यात्मक रूपमा आकर्षक हुन्छ, जसले पाठकको संलग्नता बढाउँछ ।
छापा मिडियाका बेफाइदाहरू
लागत : उत्पादन र वितरण डिजिटलको तुलनामा महँगो हुन्छ ।
सीमित पहुँच : डिजिटल मिडियाजस्तो विश्वव्यापी पहुँच हुँदैन ।
वातावरणीय प्रभाव : कागज र मसीको प्रयोगले वातावरणमा असर पार्छ ।
अन्तक्र्रियात्मकताको अभाव : भिडियो, हाइपरलिङ्क वा अन्य प्रयोगकर्ता संलग्नता जस्ता सुविधा छैनन् ।
समय संवेदनशीलता : द्रुत समाचार चक्रमा छापा समाचार चाँडै पुरानो हुन्छ ।
आजभोलि पाठक घट्दै : डिजिटल मिडियाको उदयसँगै परिसंचरण र विज्ञापन राजस्व घट्दै गएको छ ।
भण्डारण समस्या : भौतिक प्रतिलिपि राख्न ठाउँ चाहिन्छ, डिजिटल सामग्री जस्तो सजिलै पुनःप्राप्त गर्न सकिँदैन ।
प्रिन्ट मिडियामा संकटको विश्वव्यापी प्रवृत्ति
“समाचारपत्रहरू कागज जस्तै हराउँदै छन् ।”
अप्रिल ३०, २०२४ मा रिडर्स डाइजेस्ट यूके ले ८६ वर्षपछि छापा संस्करण बन्द ग¥यो ।
सन् २०१३ देखि न्युजविक ले छापा संस्करण बन्द गरिसकेको छ ।
नेपालमा जनसंख्या वृद्धि भए पनि छापा वितरण घट्दो क्रममा छ ।
डिजिटल प्रविधिको प्रभाव
इन्टरनेट र डिजिटल प्रविधिले सञ्चार क्षेत्रमा आमूल परिवर्तन ल्याएको छ ।
सामग्री अनलाइन सदस्यतामार्फत बेच्न सकिने हुँदा छापाको लागत घट्छ ।
धेरै पाठक निःशुल्क अनलाइन समाचारतिर आकर्षित भएका छन् ।
सामाजिक सञ्जाल समाचार प्रवाहको मुख्य स्रोत बनेको छ ।
छापा मिडियालाई प्रतिस्थापन गर्ने माध्यम : इलेक्ट्रोनिक मिडिया, सामाजिक सञ्जाल, डिजिटल पोर्टल, गुगल, विकिपिडिया, मेसेजिङ एपहरू, एआई आदि ।
आर्थिक चुनौतीहरू
लागत राजस्वभन्दा बढी भएको अवस्था ।
कागज, कर्मचारी र वितरणको बढ्दो खर्च ।
विज्ञापन राजस्वमा कमी—विज्ञापन सामाजिक सञ्जालतिर गएको छ ।
मादक पदार्थ विज्ञापनमाथि २०७९ फागुन ११ गतेको अदालतको आदेशले थप दबाब ।
नेपालमा पे–वाल (Subscription model) सफल नभएको कारण पाठक आम्दानी नहुने समस्या ।
सरकारी पत्रिका गोरखापत्रले नाफा कमाए पनि राजस्व घट्दो क्रममा छ ।
प्रिन्ट मिडियाको निरन्तर प्रासंगिकता र विश्वासनीयता
प्रशिक्षित पत्रकार र सम्पादक भएको स्थानीय अखबार अझै पनि सामाजिक सञ्जालभन्दा बढी भरपर्दो हुन्छ । सामाजिक सञ्जाल व्यावसायिक पत्रकारिताको विकल्प होइन ।
नक्कली समाचार फैलिने समयमा छापा अखबार विश्वसनीय स्रोत बन्छ । जापानको बलियो परिसंचरणले प्रिन्ट मिडियाको मूल्य देखाउँछ ।
पाठकहरूको बानी
कतिपय मानिसहरुमा विहान अखबार पढ्ने बानी अझै कतिपयमा कायम रहेको छ । सार्वजनिक स्थानमा कुराकानी टार्न अखबार पढ्ने प्रवृत्ति । बस वा विमानमा छापिएको शब्द काखमा राखेर पढ्ने सौख अझै जीवित छ ।
पत्रकारको भूमिकामा परिवर्तन
पत्रकार सूचना संकलन, प्रशोधन र उत्पादनमा सक्रिय रहँदैनन्, भूमिका घटेको छ । सामाजिक सञ्जाल सूचना प्राप्त गर्ने प्रमुख स्रोत बन्दै गएको छ ।
डिजिटल युगका नकारात्मक असर
निःशुल्क समाचार वास्तवमा निःशुल्क हुँदैन–गलत सूचना र ध्रुवीकरणको लागत हुन्छ । ब्रेन रोट (Oxford Word of the Year २०२४): अनलाइन सामग्रीको अत्यधिक खपतले मानसिक÷बौद्धिक ह्रास । डूम स्क्रोलिङ : नकारात्मक समाचारमा लामो समय खर्च गर्नु, जसले मानसिक स्वास्थ्य र स्मरणशक्ति बिगार्छ । सल्लाह : सनसनीपूर्ण समाचारभन्दा विविध स्रोतहरू पढेर सन्तुलित दृष्टिकोण राख्ने ।
भविष्यका लागि सुझाव
नयाँ सम्पादकीय विधि र प्याकेजिङ अपनाउनुपर्छ । परम्परागत पत्रकारिताको मूल्य कायम राख्दै डिजिटल माग अनुसार ढालिनु जरुरी ।
सरकारी सूचना र विज्ञापनहरूले प्रिन्टलाई आंशिक सहयोग गरिरहेका छन् । नेपालमा प्रिन्ट मिडिया डिजिटल पोर्टलमा रूपान्तरण हुँदैछ ।
निष्कर्ष
प्रिन्ट मिडिया गहिरो संकटमा भए पनि यसको विश्वासनीयता, गहिरो विश्लेषण र तथ्यमा आधारित पत्रकारिताले यसलाई पूर्णरूपमा लोप हुनबाट जोगाउन सक्छ । तर, डिजिटल प्रतिस्पर्धा र राजस्व संकटलाई सम्बोधन गर्न यसको सामग्री प्रस्तुतिकरण र व्यवसाय मोडलमा आमूल रूपान्तरण आवश्यक छ ।
पत्रकारिताको मूल्य कायम राख्दै प्रविधिको मागअनुसार आफूलाई ढाल्न सक्ने हो भने प्रिन्ट मिडियाको भविष्य सम्भव छ । डिजिटल युगका नकारात्मक असरहरूबारे सचेत रहँदै प्रमाणित जानकारी प्रदान गर्नु नै प्रिन्ट मिडियाको प्रमुख भूमिका हुनेछ । (साँघु साप्ताहिक, २०८२ भदौ ९)
प्रतिकृया दिनुहोस