• मंगलबार-फाल्गुण-१३-२०८१

केयुको उपकुलपति किन अड्कियो 

 

काठमाडौं । काठमाडौं विश्वविद्यालय उपकुपति छनौट समितिले अन्तिम तीनजनाको सूची सार्वजनिक गर्न सकेको छैन । पूर्वउपकुपति सुरेशराज शर्माको नेतृत्वमा रहेको उपकुलपति छनौट समितिभित्र अहिले विवाद हुन थालेको पनि बताइन्छ । त्यही विवादका कारणले तीन जनाको नाम सिफारिश हुन सकेको छैन । उक्त प्रक्रिया लम्बिन थालेपछि छनौट समिति भंग गर्नुपर्ने कुरा पनि उठ्न थालेको छ । 


स्रोतका अनुसार छनौट समितिका संयोजक शर्मा एक्लै परेका छन् । तीनजनामध्य दुुईजना अर्जुन कार्की र जनार्दन पोखरेल एकातिर लागेका छन् । सोहीकारण शर्माले चाहेको व्यक्ति ३ भित्रै नपर्ने संभावना पनि बढेको स्रोतको दाबी छ । त्यस्तो भएमा निर्वतनमान उपकुपति भोला थापा ३ जनाको सूचीमा नपर्ने संभावना रहेको चर्चा चलेको हो ।  शर्माले अस्वभाविक रुपमा थापाको पक्ष लिएपछि समितिका अरु दुईजना पनि रुष्ट भनेका हुन् । अहिले विवाद बाहिर आउन थालेपछि राजनीतिक चलखेल पनि बढेको छ ।  राजनीतिक दलहरुले पनि आफ्नो अनुकूलको पात्रको खोजी गरेर समितिलाई दबाब बढाउन खोजिरहेका छन् । 


कांग्रेसको कोटामा परेका कारण काठमाडौं विश्वविद्यालयमा सभापति शेरबहादुर देउवाको पनि चासो रहेको छ । देउवाको चासो अनुसार अच्युत वाग्लेलाई उपकुपति बनाउने प्रयास भइरहेको छ । तर, शर्मा भने जसरी पनि थापालार्य अगाडि सार्ने पक्षमा रहेका छन् । अनि राजेन्द्र कोजुलाई ३ भित्रै नपार्ने खेल पनि शर्मा रहेका छन् । त्यसैले पनि अहिले छनौट समिति विवादित बन्न थालेको छ र अर्को समिति बनाउनुपर्ने खेल पनि सुरु भएको छ । (साँघु साप्ताहिक, २०८१ फागुन १२)

प्रतिकृया दिनुहोस