काठमाडौं । कार्यकुशलता र कार्यसम्पादनमा सक्रिय रहने स्वभाव र छवि बनाएका सचिव घनश्याम उपाध्याय रेग्मीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै २० जना उपसचिवहरुको जिम्मेवारीको हेरफेर र पदास्थापन गरिएको छ । सचिव उपाध्याय मन्त्रालयमा नभित्रिंदै भन्सार विभागको महानिर्देशकमा महेश भट्टराई, आन्तरिक राजस्व विभागको महानिर्देशकमा मदन दाहाललाई खटाइएको थियो । अर्थका महत्वपूर्ण ती दुई विभागमा कार्यरत ‘असक्षम’ महानिर्देशक(सहसचिव)हरुलाई भने अर्थ मन्त्रालयबाटै खेदिइएको छ ।
मन्त्रालयले २०८१ फागुन ९ गते शुक्रवार २० जना उपसचिवको पदस्थापना र कामकाज सरूवा गरेको बताइन्छ । अर्थले मन्त्रालय, भन्सार विभाग, आन्तरिक राजस्व विभाग, भन्सार जाँचपास परीक्षण कार्यालय, विभिन्न भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालय र प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयहरूमा उनीहरुको पदस्थापन तथा कामकाज सरूवा गरेको छ । जसअनुसार सर्लाही भन्सार कार्यालयमा उपसचिव ठाकुर आचार्यलार्य खटाइएको छ । त्रिवि विमानस्थल भन्सार कार्यालय उपसचिवद्वय बाबुकाजी कार्की र काजीबाबु कोइरालाई सरुवा गरिएको छ ।
मन्त्रालयमा भने काशीराज पौड्याल, सुभाष प्रसाद श्रेष्ठ, अशोक गुरागाईं र मौसम ढुङ्गेल भित्रिएका छन् । अर्थबाट सुशील प्रसाद शर्मा, ज्ञानेन्द्र राज ढकाल, नारायण रेग्मीको भन्सार विभागमा सरुवा भएको छ । आन्तरिक राजश्व विभागमा भने दीपेन्द्र प्रकाश गिरी, धन कुमार राई, गोपाल बहादुर थापा र हरिप्रसाद तिमिल्सिनालाई खटाइको छ ।
यस्तै, भन्सार जाँच पास परीक्षण कार्यालयमा गणेश डाँगी र विराटनगर भन्सार कार्यालयमा उमेश श्रेष्ठलाई सरुवा गरिएको छ । कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा उपसचिव अनमोल कुमार दाहाललाई सरुवा गरिएको छ । आन्तरिक राजश्व कार्यालय डडेलधुरामा भने भीम प्रसाद आचार्यलाई खटाइएको छ । आन्तरिक राजश्व कार्यालय धुलिखेलमा उपसचिव रमेश भट्टराईलाई सरुवा गरिएको छ । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा हरि आचार्यलाई सरुवा गरिएको छ । (साँघु साप्ताहिक, २०८१ फागुन १२)
प्रतिकृया दिनुहोस