काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो अंकगणितलाई बार्गेनिङको टुल्स बनाइरहेका छन् । सत्ता गठबन्धन समस्या परेका कारण उनले उक्त प्रयास गरेका हुन् । राष्ट्रियसभामा तीन सीट रहेको जसपाले राज्य शक्तिमा दह्रो हिस्सा खोजेको छ । उपेन्द्र यादवको त्यही तीन सीट सरकारका लागि भने निकै महत्वको रहेको छ ।
यादवले एमाले र कांग्रेससँग मधेशको मुख्यमन्त्रीका लागि दावी गरेको थियो । मुख्यमन्त्री पाउने अवस्थामा आफूले अध्यादेश पारित गर्न सहयोग गर्ने आश्वासन दिएको थियो । मुख्यमन्त्रीको अलवा संघीय सरकारमा उपप्रधान मन्त्री पनि दाबी गरेको थियो । प्रधानमन्त्री केपी ओली त्यही कुरा स्वीकार्न भने मानिरहेका छैनन् । मुख्यमन्त्रीमा बरु कांग्रेसले दावी गरेको छ ।
यिनै दावी र वार्गेनिङका कारणले पनि उपेन्द्र यादवलाई दिन प्रधानमन्त्री ओली तयार भइसकेका छैनन् । त्यसैले जसपा नेपाल र अध्यक्ष उपेन्द्र यादव ट्वाँपर्ने अवस्था आइपर्ने भएको छ । एमाले र कांग्रेस सीके राउतका पार्टीका मुख्यमन्त्री सतिश सिंहलाई विदा गर्न भने तयार देखिएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग उपेन्द्र यादवको सम्बन्ध विग्रिएका बेला नै प्रधानमन्त्री ओलीले अध्यादेशमा साथ पाउने आश गरेका थिए । तर, प्रधानमन्त्री ओलीले भनेजस्तो सहजै सहमति जनाउन तयार नभएका कारण प्रधानमन्त्री ओली भने अप्ठ्यारोमा रहेका छन् ।
अध्यादेश पारित नभएको अवस्थामा सरकारलाई नैतिक दबाब पर्नेछ । त्यो नैतिक दबाबाट उम्किनका लागि प्रधानमन्त्री ओलीले विभिन्न रणनीति अख्तियार गर्ने तयारी गरेका छन् । यादवले उपप्रधानमन्त्रीसहित दुुईवटा मन्त्रालय मागेको चर्चा पनि चलेको थियो । यो चर्चाका वीचमा मुख्यमन्त्री पनि थपिएको हो । यसले गर्दा प्रधानमन्त्री ओली चाहिँ पछिल्ला दिनमा यादवलाई साथ नलिई एसलाई फकाउने रणनीतिमा रहेको बताइन्छ । (साँघु साप्ताहिक, २०८१ फागुन ५)
प्रतिकृया दिनुहोस