• आइतबार-फाल्गुण-११-२०८१

गाउँको कठिनताबाट शहर, शहरबाट विदेश–(२) ! : सकेसम्म किन नेपाल नबस्ने, कारण के ?

 

सरसरी समीक्षा गर्दा, नेपालमा बेलाबखत सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने कुरा सार्बजनिक भए तर ती व्यवहारिक भएनन् । सरकारले खासगरी २०६२÷६३ पछिका सबै सरकारले रोजगारी दिने घोषणा गरेपनि रोजगारी दिन नसकेको बताउँछन् । अघिल्ला सरकारले समेत स्वदेशमै रोजगारीमा प्राथमिकता दिने घोषणा गरेका थिए । तर, रोजगारी दिन सकेनन् । वैदेशिक रोजगारीलाई निरुत्साहित गर्दै सरकारले रोजगारी सिर्जनामा प्राथमिकता दिने उद्घोष गरेपनि सरकारको कार्यक्रमको पाना भर्नेबाहेक अरु केही नहुने देखिन्छ । 


श्रम बजार : कहीँछैन रोजगारी 
 नेपालमा वर्षेनी श्रम बजारमा ५ लाख आउँछन् । त्यसमध्ये स्वदेशमा रोजगारी नपाएर तीन चौथाइ वैदेशिक रोजगारीमा जान बाध्य छन् । यसअघिका सरकारले बाध्यात्मकरुपमा वैदेशिक रोजगारीमा जाने अवस्था अन्त्य गर्ने घोषणा गरेको थियो । तर, अहिलेसम्म वाध्यात्मक वैदेशिक रोजगार अन्त्य गर्न सकेको छैन । सरकारले स्वदेशमा रोजगारी सिर्जना गर्न सक्दा थोरै पारिश्रमिकमा श्रमिक वैदेशिक रोजगारीमा जान वाध्य छन् । सरकारले स्वदेशमा उद्यम गर्न चाहने तथा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सीपमूलक तालिम दिन सकेको छैन । जसले गर्दा अदक्ष कामदार वैदेशिक रोजगारीमा जान वाध्य छन् । स्वदेशमा विदेशी नागरिकले चाहिं अवसर पाइरहेका छन् ।  


सकेसम्म किन नेपाल नबस्ने, कारण के ?
 हाल आएर सकेसम्म नेपालमा नबस्ने सोचाई अधिकांश नेपालीहरुमा रहेको कटु यथार्थ छ । अधिकांशको मनोविज्ञान ‘यहाँ बसेर केही हुँदैन’ भन्ने गलत ढङ्गको रहेको पाईन्छ । पढ्ने नाममा, घुम्ने नाममा, रोजगारीको लागि, अन्य पेशा तथा व्यवसायको लागि भनि विदेश जानेहरुको संख्या डरलाग्दो छ ।


 खाडी मुलुकमा जाने मुख्य कारण यो हो कि, लगभग सबै खाडी देशहरूमा, प्रवासीहरू नागरिकहरूको संख्या भन्दा बढी छन् । नेपालीहरु विदेशमा गएपछि राम्रै कमाइ हुन्छ भन्ने भनाईले पनि धेरै युवा वैदेशिक रोजगारतर्फ आकर्षित भएका छन् । स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचाइको न्यूनतम्, १२ कक्षा पढेपछि विदेश जानुपर्छ भन्ने प्रवृत्तिको विकास, देशभित्रै रोजगारीको न्यून अवसर, बढ्दो महत्वाकांक्षा आदिले गर्दा पनि पछिल्लो समय युवा जगतमा विदेशिने क्रम बढेको हो ।


हालका केही वर्षमा, कतिपय युवाले विदेशबाट सिकेर आएको शीपको उपयोग गर्दै नेपालमा नै उद्यम गरेर राम्रो कमाइ गरेका पनि छन् । तर त्यस्ता युवालाई प्रोत्साहन गर्ने, पुरस्कृत गर्ने, व्यवसायका लागि आवश्यक सामग्री समयमा नै उपलब्ध गराउनेजस्ता कार्य अझै पनि देशव्यापी हुन नसक्दा केही वर्षमै व्यवसाय छाडेर पुनः विदेश जानेहरुको संख्या पनि उत्तिकै भएको कटु वास्तविकता हो ।


नेपालमा धेरै मानिसहरू उदार जीवनशैली अपनाउन चाहन्छन् तर त्यसो गर्न डराउँछन् । एक औसत युवा नेपालीका लागि, विदेशमा उदार जीवनशैलीले दिने स्वतन्त्रता साँच्चै लोभ्याउने छ । र, प्रश्नको सुझावको विपरीत, धेरैजसो अभिभावकहरूले वास्तवमा आफ्ना छोराछोरीहरूलाई विदेश जान र बसोबास गर्न प्रोत्साहित गर्छन् (तिनीहरूमध्ये कोही गोप्य रूपमा विदेशको जीवनशैलीको ईष्र्या गर्छन्) विदेशमा बस्दा तपाईंलाई गुमनामको भावना दिन्छ । 


नेपालबाट दक्ष, पेशागत र श्रमिकको विदेशमा बढ्दो आप्रवासनले देशको विकासमा ठूलो खतरा खडा गरेकोले यसले धेरै प्रश्नहरू अनुत्तरित बनाउँछ । के हामी आफ्नो सीप आफैलाई सेवा गर्न  नसक्ने गर्दैछौं ? के हामी आफैलाई राम्रो बनाउन सिक्दैछौं ? मानव पुँजीको उडान अर्थात पुँजी तथा मानव स्रोत, जसलाई सामान्यतया ‘‘ब्रेन ड्रेन’’भनिन्छ, राम्रो अवसरहरूको खोजीमा दक्ष र व्यावसायिक व्यक्तिहरूको बसाइ सर्ने संकेत गर्दछ । ग्रामीण क्षेत्रबाट शहरी क्षेत्रमा सार्नुको  फाइदा र बेफाइदा दुवै छन् । (साँघु साप्ताहिक, २०८१ फागुन ५)
 
 

प्रतिकृया दिनुहोस