काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदलगायतमा कार्यरत निजामती कर्मचारीहरु प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र आर्थिक सल्लाहकार डा. युवराज खतिवडाको दबाब झेल्न नसक्ने अवस्थामा पुगेको गुनासो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यरत कर्मचारी गरेका छन् ।
प्रधानमन्त्री ओलीका निजी सचिव विनोद बहादुर कुँवरसमेत प्रधानमन्त्रीको निजी सचिवबाट बाहिरिएर अन्यत्र सरूवा हुने मनस्थितिमा पुगेको चर्चा छ । यसअघि पनि कुँवरले प्रधानमन्त्री ओलीको निजी सचिव भएर काम गरिसकेका थिए । उनी योग्य, सक्षम, इमानदार र कार्यकुशल कर्मचारी भनेर निजामती प्रशासनमा चिनिएका पनि छन् । सहसचिव कँुवरलाई काम देखाउन सक्नेगरी विभाग, कार्यलय प्रमुख, आयोजना प्रमुख, महानिर्देशक वा प्रदेश सचिवको जिम्मेवारी दिनुपर्ने माग कर्मचारीहरुले गरेका छन् । उनी हालसम्म भ्रष्ट र बिचौलियाको प्रभाव र सेटिङमा काम गर्न नरूचाउने कर्मचारी मानिन्छन् । जसले गर्दा प्रधानमन्त्रीका सल्लाहकारद्वय खतिवडा र रिमालले उनलाई खासै नरुचाएको कर्मचारी स्रोत बताउछ ।
प्रधानमन्त्रीका सल्लाहकारहरुले गैर कानुनी ढंगले काम गराउन दबाब दिन थालेपछि प्रधानमन्त्री कार्यालयकै कर्मचारीले उनीहरुको कार्यशैली र व्यवहारप्रति व्यापकरुपमा असन्तुष्ट रहेको स्रोतले बताएको छ । उनी नियम, कानुन विपरीतका कार्य गर्न नमान्ने सहसचिव भएकोले पनि प्रधानमन्त्रीका दुवैजना सल्लाहाकार निजी सचिवको कार्यशैलीप्रति सन्तुष्ट नरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएकोे छ । (साँघु साप्ताहिक, २०८१ फागुन ५)
प्रतिकृया दिनुहोस