• शनिबार-फाल्गुण-१०-२०८१

किसानको उत्पादन बारीमै कुहियो , पाँचखालमा कृषि क्रान्ति शब्दमै खुइल्यो

काभ्रे । काभ्रेको पाँचखाल नगरपालिकाका एक किसानले उत्पादन गरेको तरकारी लामो समयसम्म नबिकेपछि तरकारीमाथि ट्याक्टर लगाएका छन् ।

 

लाखौं खर्च गरेर उत्पादन गरेको काउली बजारमा तीन रुपैयाँमा पनि नबिकेपछि  वडा नम्बर ७ का किसान धननाथ ढुंगानाले  काउलीमाथि ट्याक्टर चलाएका हुन् ।

 

 किसानहरुले उत्पादन गरेको तरकारी बारीमै कुहिए पनि अझैसम्म स्थानीय सरकारको ध्यान नगएको किसानहरु बताउँछन् ।

 

भारतबाट आएको तरकारीले भनेजस्तो भाउ पाउदा आफूहरुले उत्पादन गरेको तरकारी बिक्री गर्नको लागि तीनै तहको सरकारले कुनै पनि पहल नगरेको किसानहरुको गुनासाे छ ।

 

श्रीकृष्ण धिमालले आफ्नो सामाजिक सञ्जाल (फेसबुक) मा भिडियो पोस्ट गर्दै सरकारहरुले पाँचखालका किसानहरुको रगत पिइरहेको भनेर आक्राेश पाेखेका छन् ।

 

उनले लेखेका छन्,'गुहार गुहार.... पाँचखाल नगर  माफियाका लागि शहर तिनै तहका  सरकारहरुले पाँचखालका किसानहरुको रगत पि रहेको छ ।


पाँचखालका किसानलाई न्याय देउ, बजार देउ ।


बजारमा भारतीय काउली, पाँचखालका किसानको काउली प्रतिकिलो ३ रुपैयाँ किलोमा बिकेन , लाखौ खर्च गरेर उत्पादन गरेको काउली बजार लैजान नपाएपछि पाँचखाल नगरपालिका  वडा नम्बर ७ का किसान धननाथ ढुंगानाले  काउली माथि ट्याक्टर चलाउनु भएको छ।


यो राज्यका तिनै  तहका सरकारहरु किसानहरुका लागि मरिसकेका छन् । (त्यसको  प्रमाण  फाेटाे हेराैं...')

 

उक्त भिडियोले काभ्रेमा कृषि क्रान्ति गर्छु भन्दै तीन हात उफ्रिने जनप्रतिनिधिदेखि  सिंहदरबारलाई समेत गिज्याएको छ ।

प्रतिकृया दिनुहोस