🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

इटहरी गोल्डकप : सगरमाथा युथ क्लब सेमिफाइनलमा 

इटहरी । जारी १५औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको आइतबार भएको दोश्रो खेलमा सगरमाथा युथ क्लब मोरङ विजयी भएको छ । 

एनआरटी क्लब काठमाडौंलाई १–० गोलको अन्तरले पराजित गरी सगरमाथा युथ क्लबले सेमिफाइनलको यात्रा समेत सुरक्षित गरेको हो । सगरमाथा युथ क्लबका लागि खेलको ६ मिनेटमा विदेशी खेलाडी रिचर्डले गोल गरे । उनले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच पनि रिचर्ड नै भए । 

\"\"

प्रतियोगिता अन्तर्गत सोमबारको तेस्रो खेल झापा एघार फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लब काठमाडौंबीच हुनेछ । फागुन १० गतेसम्म चल्ने गोल्डकपको विजेतालाई नगद १० लाख र उपविजेतालाई पाँच लाख प्रदान गरिने आयोजक राष्ट्रिय जागृती क्ल्व इटहरीले जनाएको छ ।