🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अमेरिकामा एप्पल र एप स्टोरमा फर्कियो टिकटक

न्युयोर्क, ३ फागुन । अमेरिकामा लोकप्रिय सामाजिक सञ्जाल एप टिकटक फिर्ता भएको छ ।

यसअघि यो एपलाई राष्ट्रिय सुरक्षाको कारण देखाउँदै प्रतिबन्ध लगाइएको थियो । टिकटक चिनियाँ कम्पनी बाइट डान्सको स्वामित्वमा छ । अमेरिकाले यो एपले प्रयोगकर्ताको डाटा स्टोर गर्ने दाबी गरेर प्रतिबन्ध लगाएको हो ।

चीनले यो डाटा अमेरिकी नागरिकको जासुसी गर्न र त्यहाँको जनमतलाई प्रभावित गर्न प्रयोग गर्न सक्ने जनाउँदै आएको छ । यी आरोपका कारण अमेरिकामा भने २०२५ को सुरुमा नै गुगल र एप्पलको एप स्टोरबाट यो एप हटाइएको थियो । 

तर, अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुमा टिकटक माथिको प्रतिबन्ध ७५ दिनका लागि खुल्ला गर्न आदेश दिएका थिए । । यो आदेशपछि टिकटक एप फेरि अमेरिका फर्किएको हो । अब एप्पल र गुगलले फेरि टिकटकलाई आफ्नो एप स्टोरमा उपलब्ध गराएको छ तर टिकटक  प्रतिबन्ध अझै पूर्ण रुपमा भने हटेको छैन । यो बाइट डान्सका लागि एक अस्थायी राहत मात्र हो ।

टिकटक माथिको प्रतिबन्ध फुकुवा गरे पनि अमेरिकी सरकारले बाइट डान्सलाई टिकटकको स्वामित्व अमेरिकी कम्पनीलाई हस्तान्तरण गर्न वा एप पूर्ण रूपमा बन्द गर्न भनिसकेको छ । कम्पनीले यो प्रतिबन्ध उल्लंघन गरे टिकटकको प्रति प्रयोगकर्ता ५ हजार डलर जरिवाना तिर्नु पर्ने हुन सक्ने अमेरिकाले जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले बाइटडान्सलाई अर्को प्रस्ताव गरेका छन् । यसका अनुसार अमेरिकामा टिकटकको सञ्चालन अमेरिका र चिनियाँ संयुक्त लगानीबाट गर्न सकिनेछ । यसका लागि कम्पनीले अमेरिकी कम्पनीसँग साझेदारी गर्नु पर्नेछ । तर, यसका लागि चीनको स्वीकृति पनि आवश्यक हुनेछ । ट्रम्पले धम्कीपूर्ण स्वरमा चीनले यो सम्झौता स्वीकार नगरे आर्थिक प्रतिबन्धको सामना गर्नुपर्ने बताएका छन् ।