🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यी नै हुन् \’प्लेब्वाई\’ मा एडल्ट फोटो सुट गर्ने पहिलो भारतीय नायिका

मुम्बई, ३० माघ । शर्लिन चोपडा बलिउडकी ग्ल्यामरस नायिका मध्ये एक हुन्, जसले हिजो मात्रै आफ्नो जन्मदिन मनाइएकी थिइन् ।

शर्लिन प्रायः सामाजिक सञ्जालमा अनौठो पोशाकमा देखिने गर्छिन् । जतिसुकै ग्ल्यामरस भएपनि शर्लिनले बलिउडमा भने त्यो स्थान पाउन अझै सकेकी छैनन् । हो, तर उनी प्राय सार्वजनिक स्थानमा देखिँदै आएकी छिन् । शर्लिनको वास्तविक नाम मोना चोपडा हो । सन् २००५ मा फिल्म ‘टाइमपास’ मार्फत बलिउडमा डेब्यु गरेकी यी अभिनेत्री त्यसपछि स–साना भूमिकामा मात्रै देखिएकी थिइन् ।

जब शर्लिनले बलिउडमा फिल्म आउन बन्द गरे, उनले अर्को दिमाग लगाइन् । शर्लिन चोपडा ह्युग हेफनरको एडल्ट म्यागजिन ‘प्लेब्वाई’ का लागि फोटोसुट गर्ने पहिलो भारतीय बन्न पुगिन् । यो फोटोसुटका लागि उनी लस एन्जलस गएकी थिइन् र त्यहाँ केही दिन ह्युग हेफनरको बंगलामा पनि बसेकी थिइन् ।

शर्लिन चोपडाले सन् २०१२ मा अन्तर्राष्ट्रिय ‘प्लेब्वाई’ का लागि एडल्ट फोटोसुट गराएकी थिइन् । जसपछि उनी थप चर्चामा आइन् । उनले एउटा म्यागजिनसँगको अन्तर्वार्ताका क्रममा यसो गर्ने पहिलो भारतीय महिला भएकोमा आफूले गर्व महसुस गरेकोसमेत बताएकी पनि थिइन् ।

यस बाहेक शर्लिनले सन् २०१३ मा भएको ६६ औं कान्स इन्टरनेशनल फिल्म फेस्टिभलमा पनि आफ्नो जादू देखाएकी थिइन् । उनी आफ्नो फिल्म ‘कामसूत्र थ्रीडी’ को प्रमोशनका लागि त्यहाँ पुगेकी थिइन् । त्यस समयमा शर्लिनले अफ हाइट लेहेंगामा प्रवेश गरेर सबैलाई चकित पारिन् र कहिलेकाहीं फुल स्लिभ्स पारदर्शी पोशाकमा आफ्नो सिग्नेचर स्टाइल देखाइन् ।

शर्लिन चोपडाले आफ्नो बारेमा खुलासा गरेकी थिइन् कि उनको किशोरावस्थामा कुनै केटाले उनलाई हेर्न मन पराउँदैन थिए । जसका कारण उनलाई पार्टी र घुम्न जान पनि मन लाग्दैनथ्यो । उनी आफ्नै एकल संसारमा हराएकी थिइन् तर जब १५ वर्षको उमेरमा उनले मेकओभर गर्ने निर्णय गरिन् र आफूलाई आधुनिक बनाउन कुनै कसर बाँकी नराखिन् । अभिनेत्रीले आफ्नो शरीर र फेसन स्टाइलमा पनि कडा मेहनत गर्न थालिन । 

उनी ‘बिग बोस सिजन ३’ मा पनि देखिएकी छिन् । यस शोमा उनले विद्या बालनसँग भावुक दृश्य दिन चाहेको बताएकी थिइन् ।