मन्त्रीको सहकार्यको प्रस्ताव के होला ?
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बजेटको सुनिश्चिता बिना नै बिभिन्न स्वास्थ्य सम्वन्धी सहुलियत घोषणा गरेको भन्दै नेपाली काँग्रेसबाटै आलोचना भएको छ । मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमको रकम बृद्धि, विरामीलाई औषधिमा सहुलियतलगायत विभिन्न कार्यक्रमहरु लागु गर्ने उद्घोष गर्दै आएका छन् । तर, गत हप्ता बसेको पार्टी संसदीय दलको बैठकमा केही सांसदहरुले बजेटको सुनिश्चितता बिना नै मन्त्री पौडेलले त्यस्तो कार्यक्रम घोषणा गरेको भन्दै आपत्ति जनाएका थिए । सरकारी अस्पतालमा विरामीको चाप घटाउन सरकारी लगानीका सुरक्षा निकायद्वारा सञ्चालित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अस्पतालहरुसँग सहकार्यको राम्रो प्रस्ताव मन्त्री पौडेलले गर्दै आएका छन् ।
०८१ माघ ८ गते मन्त्री पौडेलले नेपाल प्रहरीका महानिरीक्षक वसन्त बहादुर कुँवर तथा नेपाली सेनाका अधिकारीहरुसँग ती संगठनद्वारा सञ्चालित स्वास्थ्य सेवाका प्रमुखहरुसँगको बैठक आयोजना गरेका थिए । सोक्रममा मन्त्री पौडेलले सरकारी अस्पतालमा पालो कुर्नपर्ने अवस्थामा सुरक्षा निकायका अस्पतालमा अपरेशन वार्ड खाली भएमा सेवा उपलब्ध गराउने गरी सहकार्य गर्न प्रस्ताव राखेका थिए । संघीय अस्पतालहरुमा सिफ्ट थप्ने तथा अतिरिक्त समयमा पनि काम गरेर विरामीको चाप व्यवस्थापनका लागि मन्त्रालयले सक्रियता बढाइहेको छ । सरकारीमा विरामीको चाप बढेको समया सुरक्षा निकायका अस्पतालमा रिफर गरेको खण्डमा कसरी उपचार गर्न सकिन्छ भनेर मन्त्रालयले सेना र प्रहरी प्रमुखसँग आग्रह गरेको थियो ।
मन्त्रालयले आम नागरिकका लागि खुला नभएका सुरक्षा निकायहरूका अस्पतालबाट पनि सर्वसाधारण नागरिकहरूलाई अप्रेशन सेवासमेत सरकारी दररेटमा उपलब्ध गराउने विषयमा छलफल गरेको छ । मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रमसमेत सुरक्षा निकायका अस्पतालमा कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर सुझाव माग गरेको बताइएको छ । सुरक्षा निकायका अस्पतालसँग सहकार्य गरेको खण्डमा मन्त्रालयले पनि उपचार सहायता रकम पनि उपलब्ध गराउने प्रतिवद्धता जनाएको बुझिएको छ । जसले गर्दा सरकारी अस्पतालमा भएको विरामीको चाप व्यवस्थापन सहज हुने अनुमान मन्त्रालयले गरेको छ ।
यी विषयको अध्ययन गर्न मन्त्रालयले अतिरिक्त सचिव डा. टंक बारकोटीको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले दिएको सुझावको आधारमा मन्त्रालयले सुरक्षा निकायका अधिकारीसँग बैठक गरेको स्रोतले जानकारी दिएको छ । मन्त्री पौडेलले आयोजना गरेको बैठकमा प्रहरी महानिरीक्षक कुँवर तथा सेनाका उच्च अधिकारीहरुको सहभागिता रहेको स्रोतको भनाई रहेको छ । नेपाली सेनाले आपतकालीन अवस्थाका गर्भवती र सुत्केरी सेवामा गर्दै आएको उद्धार कायक्रम निकै नै प्रशंसनीय रहेको भन्दै मन्त्री पौडेलले खुसी व्यक्त गरेका थिए ।
उक्त अवसरमा मन्त्री पौडेलले सुरक्षा निकायका अधिकारीहरुसँग तपाईंहरुको उद्धारले धेरै सुत्केरी र बच्चाको ज्यान जोगिएको छ भन्दै धन्यवाद दिएको स्रोतले जनाएको छ । अहिले पनि आपतकालीन अवस्थामा अन्य नागरिकको उद्धारका लागि एयर एम्बुलेन्स नभएकाले सघाउनका लागि सुरक्षा निकायसँग आग्रह गरेको बताइएको छ । एयर एम्बुलेन्सका लागि सेनासँग सहकार्य कसरी गर्न सकिन्छ त्यसको लागि मन्त्रालय खुल्ला रहेको मन्त्री पौडेलले बताएका छन् । मन्त्री पौडेलले सुरक्षा निकायका प्रमुख, अन्य सरोकारकारवाला निकायका अधिकारीहरुसँग उपचार र उद्धारमा कठिनाई रहेको भन्दै सहयोगका लागि आग्रह गरेको बताइन्छ ।
तराई र भित्री मधेशका जिल्लामा सर्पदंशको उपचारमा सेनाले सघाउँदै आएको छ । उक्त कार्यलाई पनि मन्त्री पौडेलले प्रशंसा गरेको मन्त्रालयले जानकारी दिएको छ । त्यसैले नेपाली सेनाको विज्ञतालाई मन्त्रालयले सहकार्य गरी अगाडि बढ्न सकिने मन्त्री पौडेको प्रस्ताव रहेको छ ।
उनको भनाई छ ‘नेपाली सेनाले सर्पदंशका धेरै विरामीको उपचार गरी पीडितहरु ज्यान जोगाएको छ । त्यसकारण पनि हाम्रो जनशक्ति अभाव भएका स्थानमा सहकार्य गरी आवश्यक व्यवस्थाका लागि मन्त्रालय अगाडि बढ्न तयार रहेको मन्त्री पौडेको भनाई रहेको ।’ मन्त्रालयले राखेका यस्ता प्रस्तावहरुलाई सुरक्षा निक(ायद्वारा संचालित अस्पतालहरुले के कसरी कार्यान्वयन गर्नेछन्, त्यो भने परिणाले नै देखाउनेछ । (साँघु साप्ताहिक, २०८१ माघ २१)

प्रतिकृया दिनुहोस