🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कांग्रेस संसदीय दलको बैठक आज पनि

काठमाडौं, १४ माघ । संघीय संसदको हिउँदे अधिवेसनको तयारीका लागि कांग्रेसले संसदीय दलको बैठक आज पनि बस्ने भएको छ । हिजो दिउँसोबाट सुरु भएको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ ।

बैठकमा संसद्को हिउँदे अधिवेशनबारे छलफल जारी रहेको छ । साथै, केपी ओली नेतृत्वको सरकारले हालै जारी गरेको अध्यादेशका बारेमा एकजुट र एकीकृत धारणा बनाएर प्रतिरक्षा गर्ने, संसदमा पेश भएका बिधेयक तिब्रताका साथ पारित गर्ने लगायतका बिषयमा छलफल भइरहेको छ । र, दुई दिनसम्म चल्ने बैठकले माघ १८ गते देखी सुरू हुने हिउँदे अधिवेसनमा कांग्रेसको पोजिसन र एजेन्डाका बारेमा छलफल चलिरहेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

आगामी १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ । गत पुस २६ गते बसेको मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुबै सदनका अधिवेशन आह्वान गरिसकेका छन् ।