🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रिमियर लिगमा लिभरपुलको अर्को जित, शीर्ष स्थान बलियो

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लिभरपुल फुटबल क्लबले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा इप्स्वीच टाउनलाई ४-१ ले हराउँदै लिभरपुलले शीर्ष स्थानको अग्रता बलियो पारेको हो ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलको जितमा काड्यो गोक्पोले २ तथा डोमिनिक स्जोबोस्ल र मोहम्मद सलाहले समान १ गोल गरेका थिए। पाहुना टोलीका लागि भने ज्याकोव ग्रेसले गोल गरेका थिए ।

खेलको ११औं मिनेटमा स्जोबोस्लले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए। लिभरपुलका लागि सलाहले खेलको ३५औं मिनेटमा गोल गर्दै अग्रता दोब्बरको बनाएका थिए । खेलको ४४औं र ६६औं मिनेटमा गोल गदै गोक्पोले लिभरपुललाई ४-० को सहज स्थितिमा पुर्‍याए ।

निर्धारित समयको अन्तिम मिनेटमा ग्रेसले इप्स्वीचका लागि सान्त्वना गोल फर्काए। जितसँगै लिभरपुल २२ खेलमा ५३ अंकका साथ शीर्ष स्थानमा रहेको छ । पराजित इप्स्वीच २३ खेलमा १६ अंकका साथ रेलिगेसन जोनमा छ।

५३ अंकका साथ लिभरपुल शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा रहेको आर्सनलको ४७ अंक रहेको छ । लिभरपुलले आर्सनलले भन्दा एक खेल कम खेलेको छ । अर्को खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई ३-१ ले पराजित गरेको छ ।