🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

शिक्षा विधेयक राष्ट्रिय महत्त्वको विधेयक हो : बर्तौला

मकवानपुर  । नेकपा(एमाले)का मुख्य सचेतक महेश बर्तौलाले शिक्षा विधेयक राष्ट्रिय महत्त्वको विधेयक भएको बताएका छन् ।

मकवानपुरको हेटौंडामा जारी नेपाल राष्ट्रिय शिक्षक संगठनको १४ औं जिल्ला अधिबेशनमा बोल्दै बर्तौलाले यस्तो बताएका हुन् ।

‘हरेक शिक्षकहरुमा अधिकार सँगसँगै जवाफदेहिता सँगसँगै होस् । एक शिक्षकले विद्यालय जान घरबाट निस्कदै गर्दा आफुसँगै आफ्ना नानीबाबु विद्यालय लैजान सक्ने वातावरण बनाउनुपर्ने छ,’उनले भने ।

शिक्षकहरु स्थानीय तहमा रहन खोजिरहेका छैनन् भन्ने बिषय पनि बाहिर उठेको भन्दै उनले टिप्पणी गरे,‘शिक्षकहरु संघीयता विरोधी होइनन् । कि स्थानीय तहको नेतृत्वले यातना दिने मानसिकताको कारणले गर्दा शिक्षकहरु स्थानीय तह अन्तर्गत बस्न खोजिरहेका छैनन् । केही स्थानीय तहमा शिक्षकहरुलाई संगठनमा संगठित भएकै कारण यताबाट उता र उताबाट अर्कोमा सरुवा गराई रहका छन् । संबिधानले निर्दिष्ट गरेका व्यवस्थाहरु उपयुक्त छन् तर नेतृत्वको कार्यशैलीका कारण यस्तो भइरहेका छन् । यसलाई पनि विद्यालय शिक्षा विधेयकले समेट्नु पर्ने छ ।’

हिजो सिङ्गो व्यवस्था परिवर्तनको आन्दोलनको नेतृत्वदायी भुमिका निर्वाह गर्ने संगठनहरु अहिले पनि उत्तिकै ससक्त हुन जरुरी भएको बताए । आगामी हाउसबाट नै विद्यालय शिक्षा विधेयक पास गराउने तयारी रहेको जनाएका छन् ।