🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस (तस्बिरसहित)

काठमाडौँ, १० माघ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जापान, तुर्कमेनिस्तान, जनवादी लोकतान्त्रिक गणतन्त्र लाओस र इस्लामिक गणतन्त्र इरानका नवनियुक्त राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । 

आज राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नवनियुक्त राजदूतहरु जापानका मेडा तोरु, तुर्कमेनिस्तानका शालार गेल्डिनाजारोभ, आलोसका बाउन्मी भ्यान्मानी र इरानका डा इराज इलाहीले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो । 

त्यसअवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो । नवनियुक्त राजदूतहरूलाई काठमाडौँस्थित होटल दुसित प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।

तस्बिरहरु ः

\"\"

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुहुँदै नेपालका लागि जापानका नवनियुक्त आवासीय राजदूत माएदा तोरु । तस्बिरः प्रदीपराज वन्त/रासस

\"\"

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति भवन शीतल निवासमा बिहीबार ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुहुँदै नेपालका लागि तुर्कमेनिस्तानका नवनियुक्त गैरआवासीय राजदूत सालर गेल्डीनाजारोभ । तस्बिरः प्रदीपराज वन्त/रासस

\"\"राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति भवन शीतल निवासमा बिहीबार ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुहुँदै नेपालका लागि लाओसका नवनियुक्त गैरआवासीय राजदूत बाउन्मी भ्यानमेनी । तस्बिरः प्रदीपराज वन्त/रासस

\"\"

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुहुँदै नेपालका लागि इरानका नवनियुक्त गैरआवासीय राजदूत डा इराज एलाही । तस्बिरः प्रदीपराज वन्त/रासस