माउन्टेन टिभीका अध्यक्षको २२ करोडको काण्ड : विदेशी सहायताको साढे सात अर्ब पनि रहस्यमय
काठमाडौँ । माउन्टेन टेलिभिजनका अध्यक्ष राजुप्रसाद कँडेलविरूद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा साढे २२ करोड बढी विगो दावी गर्दै मुद्दा दायर भएको खुलासा भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०८१ पुस १४ गते उनीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । विशेष अदालतमा दायर गरेको मुद्दामा भ्रष्टाचार निवारण ऐन अनुसार ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसा विगो दाबीसहित अभियोगपत्र दर्ता भएको छ । टेलिभिजनका मालिक कँडेल घर जग्गा कारोबारी समेत हुन् । उनी पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक समेत थिए । टिभिमा कार्यरत पत्रकारको श्रमशोषण गरेको आरोप भोग्दै आएका कँडेल उनी जगतगुरु कृपालु प्रतिष्ठान, नेपालका अध्यक्ष समेत हुन् ।
घरजग्गा कारोबारका क्रममा नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले कँडेलबाट घुस लिएको र घुस रकम सम्पत्ति शुद्धीकरणको प्रक्रियामा लगेर राज्यलाई हानीनोक्सानी पु¥याएको दावी अख्तियारले गरेको छ । कँडेलबाट घुसबापत लिएको रकम बस्नेतले शुद्धीकरण गरेको पुष्टि भएको दावी अख्तियारले गरेको छ । बस्नेत नेपाली कांग्रेसको बागमती प्रदेशका उपसभापति समेत हुन् ।
बस्नेतले कँडेलबाट लिएको घुसलाई शुद्धीकरण गरी अन्यत्रै लगानी गरेको प्रमाण समेत अख्तियारले विशेष अदालतमा बुझाएको छ । कँडेलसँगै नगर प्रमुख प्रमुख बस्नेत र उनकी श्रीमती प्रमिला बस्नेत विरूद्ध कुल ४४ करोड ७० लाख ३८ हजार एक सय २९ रूपैयाँ ३२ पैसा बिगो मागदावी गरिएको छ । बस्नेत पत्नी प्रमिलाको नाममा काठमाडौंको ६ ठाउँमा रहेको जग्गा समेत जफत गर्न अख्तियारको माग छ । नगर प्रमुख बस्नेतले पदीय हैसियतको दुरुपयोग गरी कँडेलबाट घुस लिने मनसायले जगतगुरु कृपालु प्रतिष्ठान नेपाललाई नगरपालिकाबाट विभिन्न शीर्षकमा कर छुट दिएको तथ्य समेत अख्तियारको लामो अनुसन्धानबाट फेला परेको छ ।
जग्गा खरिद गर्न र गराउन व्यापारीलाई अनुकूल हुने गरी काम गरिदिएबापत मेयर बस्नेतले कँडेलको पद्म मर्चेन्ट प्रालि र पद्म कोलोनीको बैंक खाताबाट घुस बुझेको दावी अख्तियारको छ । जगतगुरु कृपालु प्रतिष्ठानलाई व्यक्ति तथा संघसंस्थाबाट विदेशी सहायता लिन सहमति दिएको समेत अनुसन्धानबाट खुलेको छ । विदेशी सहायतामार्फत कँडेलले प्राप्त गरेको रु. ७ अर्ब ४८ करोडको हिसावकिताव समेत अख्तियारले भेटेको छ ।
यतिमात्र नभै बस्नेतले छोराको वैवाहिक भोज गर्दा लागेको २४ लाख ७२ हजार ६ सय ३७ रुपैयाँ घुस बापत कँडेलबाट शंकर होटलमा भुक्तानी गर्न लगाएको पनि अभियोगपत्रमा उल्लेख छ । अनुसन्धानकाक्रममा कँडेलले जगतगुरु कृपालु प्रतिष्ठान नेपालले निर्माण गर्न लागेको मन्दिरका लागि भनी खरिद गर्न लागेको जग्गासमेत स्थानीयलाई बिक्री गर्न बैनाबट्टा गरेको रहस्य समेत खुलेको छ । जग्गा बिक्रीका लागि भन्दै कँंडेलसँगको मिलिभगतमा बैना उठाउने काम मेयर बस्नेतले गरेका थिए । (साँघु साप्ताहिक, २०८१ माघ ७)

प्रतिकृया दिनुहोस