कांग्रेसका महामन्त्रीद्वयको कित्ताकाट : देउवा समूहमा विभाजनको खतरा ?
काठमाडौं । कांग्रेसका दुई महामन्त्री गगन कुमार थापा र विश्वप्रकाश शर्मा १४औं महाधिवेशनको बेलादेखि एकगठ भएर हिंडेका थिए । चुनावको बेलामा फरकफरक कित्ताबाट उम्मेदवार भएपनि भोट भने एकले अर्कोलाई माग्दै हिंडेका थिए ।
थापा महाधिवेशनको बेलामा डा. शेखर कोइराला प्यानलबाट उम्मेदवार भएका थिए भने शर्मा अर्का सभापतिको उम्मेदवार प्रकाशमान सिंहको प्यालनबाट उम्मेदवार भएका थिए । कोइराला प्यानलबाट थापासहित मिनेन्द्र रिजाल उम्मेदवार रहेका थिए । तर, रिजालको सट्टा थापाले शर्माका लागि भोट माग्दै हिंडेका थिए । शर्माको समूहबाट महामन्त्रीमा अर्को उम्मेदवार नभएका कारणले शर्माले थापाका लागि भोट माग्न भने सहज बनेको थियो ।
आफ्नै गुटको उम्मेदवारविरुद्ध लागेका कारण त्यतिबेला थापा विवादमा पनि परेका थिए । थापा र शर्माको गठबन्धन सफल पनि भएको थियो र लामो समय चल्यो पनि । तर, केही महिनायता भने शर्मा र थापाको गठबन्धनमा खटपट देखिन थालेको कांग्रेस स्रोतहरुले उल्लेख गरेका छन् । एमाले नेतृत्वको सरकार बनेयता यी दुई नेताहरुवीच खटपट देखिन थालेको हो । स्रोतहरुका अनुसार, गठबन्धन सरकार बनेसँगै गगन थापाको सम्बन्ध सभापति देउवासँग बाक्लो बन्दै गएको छ । देउवासँग सम्बन्ध बाक्लो बन्न थालेपछि शर्माको दुरी भने बढ्न थालेको स्रोत बताउछ । शर्मा देउवाको समूह छोडेर महामन्त्रीको उम्मेदवार भएका थिए । त्यसपछि देउवा समूहबाट उनले साथ भने पाएका छैनन् ।
शर्माले थापासँग सहकार्य गरेपनि डा. शेखर कोइरालाको टीममा भने नरहेको बताउने गरेका थिए । यद्यपि, उनी धेरैजसो विषयमा भने कोइरालासँग निकट रहने गरेका थिए । त्यसैले, थापा र शर्माको सम्बन्ध निकै घनिष्ठ रहेको चर्चा थियो । तर, अहिले थापा र शर्माको सम्बन्धमा दूरी बढ्न थालेपछि शर्मा कोइराला वा कांग्रेसका अर्का प्रभावशाली नेता निकट हुन थालेको चर्चा छ । कोइराला समूहबाट उपसभापति हुनसक्ने अनुमान पनि हुन थालेको छ । शर्माले कोइरालाको समूहबाट उपसभापति हुने अवस्था आएमा गगन थापाले पनि सहयोग गर्न सक्ने अनुमान पनि भइरहेको छ । अहिलेको पटक शर्मा उपसभापतिमा उम्मेदवार भएमा थापा भने सभापतिकै उम्मेदवार हुने छन् । थापा अहिले जसरी पनि देउवाको प्यानलबाट सभापतिको उम्मेदवार बन्ने भगीरथ प्रयासमा रहेका छन् । त्यो संभव नभए सभापतिको उम्मेदवार भने हुने पक्षमा रहेका छन् ।
अहिले सभापतिको उम्मेदवार हुने र अर्कोपटक जित्ने अवस्था बनाउने नीतिमा गगन थापा देखिएका छन् । त्यहीकारणले पनि शर्मा र थापा दुई कित्तामा देखिन थालेको पनि बताइन्छ । शर्माले सभापतिमा पूर्ण वहादुर खड्का समूह वा डा. शेखर कोइराला समूहलाई साथ दिएमा जता शर्मा त्यतैको समूह केही बलियो हुने संभावना पनि रहेको छ । गगन सभापति देउवा र आरजुको समर्थनमा सभापति उठेमा देउवा समूहका केही नेताहरु विभाजित हुने र खड्का र कोइरालाको समूहमा जोडिने संभावना पनि रहेको छ ।
विधानतः देउवा यो पटक सभापतिको उम्मेदवार बन्न मिल्दैन । गगनलगायत अन्य कसैलाई नेता मान्नुपर्छ भन्ने पक्षमा हाल देउवा–आरजु निकट रहेका नेताहरुले बताउने गरेका छन् । अहिले नै देउवा समूहका केही नेताहरुले दुईवटा नाउमा खुट्टा राख्न थालेका छन् । सोहीकारण सभापति देउवाले थापालाई अगाडि बढाउने संभावना भएमा देउवा समूहका धेरै नेताहरु साथ छोड्ने संभावना रहेको पनि बताइन्छ । (साँघु साप्ताहिक, २०८१ माघ ७)

प्रतिकृया दिनुहोस