काँग्रेसको तरुण दलभित्र एकपछि अर्को पहिरो
काठमाडौं । कांग्रेसको भातृसंगठन नेपाल तरुण दलमा काभ्रेको घटना मत्थर हुन नपाउँदै अर्को प्रकरण खुलासा भएको छ । लमजुङका अध्यक्ष ललित कुमार गुरुङविरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी भएपछि गुरुङ फरार भएका छन् । उनीबिरुद्ध बैंकिङ कसुर मुद्दा दर्ता भएपछि पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला प्रहरी परिसर ललितपुरले उनीविरुद्धको अनुसन्धान पुरा गरेर जिल्ला अदालतमा बैंकिङ कसुर मुद्दा दायर गरिसकेको छ । ललितपुर अदालत स्रोतका अुसार २०८१ जेठमै गुरुङविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । त्यसपछि फरार रहेका उनी अहिलेसम्म हाजिर भएका छैनन् ।
अदालतबाट पक्राउ पुर्जीपछि प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्की र लमजुङलाई पत्राचार गरेको जानकारीमा आएको छ । गुरुङलाई प्रहरीले फरार सूचिमा राखेको छ । गुरुङविरुद्ध काठमाडौँस्थित सूचना प्रविधिसम्बन्धी कम्पनी जेनेस सोलुशनले ललितपुर प्रहरीमा जाहेरी दिएको थियो । उक्त कम्पनीलाई आफ्नो जग्गा बिक्री गर्ने भनेर दुई करोड रुपैयाँ बैना लिएर अर्कैलाई जग्गा बेचेको जाहेरीमा उल्लेख छ ।
पोखरा महानगरपालिका–१२ मा रहेको १३ आना जग्गा खरिद गर्न गुरुङलाई बैना दिइएको तथ्य खुलेको छ । तर, जग्गा अर्कैलाई बेचेपछि उनले कम्पनीलाई एक करोड ६५ लाखको चेक दिए । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको उक्त चेक जावलाखेल शाखाबाट बाउन्स भएको अभियोगपत्रमा उल्लेख छ ।
एक करोड ६५ लाख रुपैयाँको चेक बाउन्स भएपछि कम्पनीका सञ्चालक गुरुङविरुद्ध जाहेरी लिएर पीडित पक्ष ललितपुर प्रहरीमा पुगेको हो । यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आपराधिक समूहलाई पक्राउ गर्नेक्रममा काँग्रेसको भातृ संगठन नेपाल तरुण दलका केन्द्रीय सदस्यसहित काभ्रेका आधा दर्जन नेता पक्राउपछि काँग्रेसको भातृ संगठन तरुण दलमा हलचल मच्चिएको थियो ।
दरबारमार्गस्थित लिक्विड लाउञ्ज बारमा एकजना युवकमाथि मरणासन्न हुनेगरी कुटपिट गरेको आरोपमा २०८१ पुस ६ गते उनीहरु पक्राउ परेका थिए । तरुण दलका केन्द्रीय सदस्य काभ्रेका कुलध्वज तामाङसहित काभ्रेको रोशी गाउँपालिकाका कुलध्वज तामाङ, काभ्रेकै भुल्लुका लालबहादुर तामाङ, काभ्रेकै मिलन लामा, सुलभ पहरी, युवराज लामा, मोरङको उर्लाबारीका डम्बरबहादुर कार्की, सिन्धुपाल्चोकका दावा तामाङ र काभे्रका शक्ति लामा पक्राउ परेका थिए ।
दरबारमार्गस्थित महेन्द्र शालिक नजिकैको एक रेस्टुरेन्टमा भएको झडपमा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरिएको थियो । पक्राउ परेका युवराज लामा पब्लिक युथ क्याम्पस धोबिचौरका स्ववियु उपसभापति हुन् । पहरी काभ्रेको भुम्लु गाउँपालिका कार्यपालिका सदस्य हुन् । युवराज तरुण दल काभ्रेका जिल्ला सदस्य हुन् भने दावा तामाङ तरुण दल सिन्धुपाल्चोकको जुगल गाउँपालिका अध्यक्ष हुन् ।
दरबारमार्गस्थित लिक्विड लाउञ्ज बारमा बैतडी स्थायी घर भएका रमेश भट्टलाई मरणासन्न हुनेगरी कुटपिट गरेको आरोपमा पक्राउ परेका हुन् । घाइते भट्टको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सीसीटीभी फुटेजका आधारमा उनीहरूलाई पक्राउ गरिएको थियो ।
तरुण दलका केन्द्रीय सदस्य कुलध्वजविरुद्ध पनि २०६९ सालमा ज्यान मार्ने उद्योगमा प्रहरी वृत्त दरबारमार्गबाट मुद्दा दर्ता भएको खुलासा भएको छ । दरबारमार्गकै एउटा क्लबमा युवकमाथि कुटपिट गरेको आरोप थियो । २०७२ सालमा पनि उनी ज्यान मार्ने उद्योग र डाँकाचोरीमा जेल सजाय पाएर छुटेका थिए । काभ्रेमा बुद्धचित्तको माला लुटपाट प्रकरणमा ११ महिना धुलिखेल कारागारमा बसेका थिए ।
प्रहरी स्रोतले जनाए अनुसार, तरुण दल काभ्रेका अध्यक्ष तामाङ पनि ज्यान मार्ने उद्योगमा ललितपुर प्रहरी परिसरबाट मुद्दा दर्ता भएका व्यक्ति रहेको जनाएको छ । पक्राउ परेका तरुण दलका केन्द्रीय सदस्य कुलध्वजलगायत उनीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन प्रहरीले जिल्ला सरकारी वकिललाई राय दिएको छ । (साँघु साप्ताहिक, २०८१ माघ ७)

प्रतिकृया दिनुहोस