🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जय ट्रफीः मधेसलाइ हराउँदै आर्मी ८ विकेटले बिजयी

काठमाडौं । त्रिभुवन आर्मी क्लब ८ विकेटले बिजयी भएको छ । जय ट्रफी एलिट कप अन्तरगतको खेलमा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई ८ विकेटले हराउँदै बिजयी भएको हो । मधेश प्रदेशले दिएको जम्मा २८ रनको लक्ष्यलाई आर्मीले २ विकेट क्षतिमा नै सफलता हासिल गरेको हो ।

आर्मीले पहिले ब्याटिङ गर्दै ९ विकेट क्षतिमा २२५ रन बनाएर पारी समाप्तिको घोषणा गरे पनि मधेश प्रदेश पहिलो इनिङमा १०२ रनमै अलाउट भएर फलोअनमा परेको थियो । जारी खेलमा १२३ रनले पछि परेको मधेशले दोस्रो इनिङमा भने १५० रन मात्रै जोड्न सक्यो ।

जम्मा २८ रनको लक्ष्य पाएको आर्मीले त्रितराज दास र सन्तोष कार्कीलाई गुमाए पनि ओपनर इमरान सेख र बसिर अहमदले टिमलाई जित दिलाउन सफल भएका थिए ।

जितसँगै त्रिभुवन आर्मी क्लव फाइनल नजिक पुगेको छ भने मधेशको टिम भने आइतवारबाट बाहिरिएको छ ।