🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

उपत्यकामा ट्राफिक लाइट जडानले तीव्रता पाउने 

काठमाडौं, ३ पुष : सरकारले काठमाडौं उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने भएको छ । 

विभागका प्रवक्ता मुक्ति गौतमले पहिलो चरणमा अत्यावश्यक स्थानमा बत्ति जडान गर्ने काम थालिएको जानकारी दिए । विभागका अनुसार, पुतलीसडक, मित्रपार्क, गौशाला, पुरानो बानेश्वर, कालीमाटीलगायतका ८ स्थानमा बत्ति जडान गर्ने काम भइरहेको छ । 

अत्याधुनिक प्रविधिसहितको (इन्टिलिजेन्स ट्राफिक लाइट) का विषयमा समेत छलफल भइरहेको विभागले जनाएको छ । सडक विभागको प्रतिवेदनमा उपत्यकाको १ सय ३९ स्थानमा ट्राफिक लाइट राख्नुपर्ने उल्लेख छ । 

विभागले प्रक्रियागत रुपमा आवश्यकता हेरेर ट्राफिक लाइट जडान गरिने बताएको छ । प्रहरीका अनुसार उपत्यकाका २० स्थानमा ट्राफिक लाइट जडान गरिएको छ । (रासस)