निर्माण व्यवसायीको चार अर्ब बक्यौता भुक्तानी कहिले ?
काठमाडौं । निर्माण व्यवसायीहरुलाई सरकारले अघिल्लो आर्थिक वर्षको करिब ४ अर्ब भुक्तानी गर्न सकेको छैन । सो रकम भुक्तानी नगरेकोले गत आर्थिक वर्षमा नयाँ काम धेरै गर्न पाएनन् । अघिल्लो आर्थिक वर्षको कूल रु.८ अर्वमध्ये ५ अर्ब बक्यौता रकम चालू आर्थिक वर्षको असोजमा महिनामा सरकारले भुक्तानी गरिसकेको छ । समयमा योजना सम्पन्न गर्न नसक्ने निमार्ण व्यवसायीलाईसमेत सरकारले कारबाही गर्न नसक्दा पनि तोकिएको समयमा निमार्ण कार्य सम्पन्न हुन नसकेको बताइन्छ ।
योसँगै निमार्ण व्यवसायीलाई सरकारले सम्पन्न गरेको कामको समेत भुक्तानी दिन नसक्दा थप समस्या सिर्जना हुँदै गइरहेको छ । राज्य पक्षसमेत यी सवालमा जिम्मेवार बन्न नसक्दा निमार्ण कार्यमा थप जटिलता थपिदै गएको जानकारहरु बताउँछन । अर्थ मन्त्रालयलये सम्पन्न भएका योजनाहरुको भुक्तानी समयमा नगर्दा कार्य प्रगति विवरण कमजोर देखिएको छ । यही कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सुधारको प्रयास जारी रहेको दावी गरेका छन । सो मन्त्रालयको जिम्मामा ठुला सडक, पुल तथा रेलमार्ग लगायतका पूर्वाधार विकासका काम हुँदै आएका छन् ।
तर, यी कार्यमा मन्त्रालयले उल्लेखनीय काम गर्न भने नसकिरहेको आरोप लाग्ने गरेको छ । मन्त्रालय स्वयंले तयार पारेको प्रतिवेदन अनुसार पनि सडक तथा पुल निर्माण कार्य उल्लेखनीय रुपमा प्रगति गर्न नसकेको स्रोत बताउँछ । सडक यातायाततर्फ हालसम्म बिस्तार भएका सडक सञ्जालहरूमध्ये नागढुङ्गा सुरङ्गमार्ग ब्रेकथ्रू भएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म त्यो मार्ग सञ्चालनमा ल्याउने दाबी मन्त्रालयले गरेको छ । हुम्ला जिल्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ भने ताप्लेजुङको ओलाङ्चुङ्गोलादेखि तिप्तला जोड्ने सडक खण्डको ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ । योसँगै तमोर करिडोरबाट उत्तरी नाका तिप्तला भन्ज्याङ सडक सञ्जालमा जोडिएको छ ।
मन्त्रालयले हालसम्म १८ हजार ८ सय ८ किलोमिटर सडक कालोपत्र सम्पन्न गरेको जानकारी दिएको छ । ग्राभेल सडक ७ हजार २ सय ६८, धूले सडक ८ हजार ३ सय ३० र ३ हजार ४ सय १९ वटा पुल निर्माण भएको मन्त्रालयस्रोतले जानकारी दिएको छ । मन्त्रालयका अनुसार बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड अन्तर्गत बुटवल–गोरुसिङ्गे ५० किलोमिटर खण्ड गत भदौदेखि निर्माण शुरु भएको छ । गोरुसिङ्गे–चन्द्रौटा खण्ड भने डिजाइन प्रक्रियामै रहेको बताइन्छ । त्यस्तै, कमला–ढल्केबर–पथलैया खण्ड र कमला–बागमती खण्ड बोलपत्र स्वीकृतिको अन्तिम चरणमा रहेको बताइएको छ ।
उता, बागमती–पथलैया खण्ड भने ठेक्का व्यवस्थापनका लागि परामर्शदाताबाट अध्ययन भइरहेको छ । मदन भण्डारी राजमार्गको ३ सय २२ किलोमिटर सडक कालोपत्र गरिएको छ । १ सय २७ वटा पुलको निर्माण कार्य सम्पन्न भएको छ । मन्त्रालयको तंथ्याक अनुसार मुग्लिङ–पोखरा सडकमा ३२.३२ किलोमिटर चार लेन र २०.८९ किलोमिटर दुई लेन सडक कालोपत्रे भएको छ । नागढुंगा–नौबिसे–मुग्लिङ सडक ५ किलोमिटर मात्र कालोपत्रे भएको छ । यस खण्ड अन्तर्गत २ वटा पुल निर्माण सम्पन्न भएको छ । जयनगर–जनकपुर–कुर्था–विजलपुरासम्म कुल ५२ किलोमिटर खण्डमा रेल सेवा सञ्चालनमा रहेको छ ।
भारतको बथनाहाबाट नेपालको कस्टम यार्डसम्म कार्गो रेल सञ्चालनमा आएको छ । केरुङ–काठमाडौँ विद्युतीय रेलमार्ग भने सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । अब छिट्टै चीन सरकारको सहयोगमा फिजिविलिटी प्रतिवेदन तयार हुने र आगामी २ वर्ष भित्र कार्य सम्पन्न गर्ने गरी मन्त्रालयले तयारी थालेको बताइएको छ । वीरगन्ज–काठमाडौँ रेलमार्ग विस्तारको लागि पनि विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको र अब छिट्टै काम थालनी गर्ने मन्त्रालयको योजना रहेको स्रोतले दावी गरेको छ । (साँघु साप्ताहिक, २०८१ पुस २२)

प्रतिकृया दिनुहोस