एमालेकाे केन्द्रीय समितिकाे आठाैं बैठक : न आँधी न तुफान ! सबै आंकलन फेल !
एमाले अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीवीच अविश्वास र असन्तुष्टि बढ्दै ?
काठमाडौं । नेकपा एमालेकाे केन्द्रीय समितिकाे आठाैं बैठक २०८१ पुस २१ गते बसेर पुस २३ गते सम्पन्न भएकाे छ । आठाैं बैठक निकै राेचक र घाेचक हुने आंकलन राजनीतिक वृत्तमा गरिएकाे थियाे । कारण थिए एमालेभित्र देखा परेका विभिन्न पक्ष र नेताहरूप्रति गरिएकाे कारवाही ।
एमालेकाे केन्द्रीय समितिकाे आठाैं बैठककाे सन्दर्भमा टिप्पणी गर्ने विषय भने पूर्व राष्ट्रपति विद्या भण्डारीकाे राजनीतिक रूपमा देखा परेकाे सक्रियता पनि एक थियाे । विगतमा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक लाइन र समूहगत आवद्धता एउटै थियो ।
पार्टीमा माधव नेपाल र झलनाथ खनालहरुको नेतृत्वमा हुँदासम्म ओलीको नेतृत्वमा भण्डारीसहितको टोली अर्को सशक्त समूहमा थियो । भण्डारीले अवसर पनि ओली समूहकै नेताको रुपमा पनि पाएकी थिइन् । ओलीको दरिलो खम्बाको रुपमा पार्टीभित्र काम गरेकी भण्डारी राष्ट्रपतिबाट अवकाश भएपछि भने दरार देखिएन थालेको एमाले नेताहरू चर्चा गर्दैछन् ।
एमाले अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीवीच अविश्वास र असन्तुष्टि बढ्न थालेको एमाले स्रोतहरुले उल्लेख गर्न थालेका छन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीका पछिल्ला केही गतिविधिले पार्टीलाई क्षति पुग्न थालेको भन्दै भण्डारी समूह असन्तुष्ट बनेको स्रोतहरुको दावी छ ।
मुख्यगरी, सरकारका कामकारबाही र अध्यक्ष ओलीले पार्टीका नेताहरुमाथि भएको कारबाहीका कारण भण्डारीलगायतका नेताहरूमा असन्तुष्टि बढेको बताइन्छ । स्रोतको दाबीमा भण्डारीबाट मुख्यगरी सरकारको काम गर्ने शैलीमा प्रश्न उठाउन थालिएकाे छ ।
कांग्रेसकै स्वार्थमात्र पूरा गरेर प्रधानमन्त्री ओलीले आफ्नो काम र एमालेको नीति अनुसारको काम नभएको गुनासो पूर्व राष्ट्रपति भण्डारीबाट हुन थालेकाे छ।
अर्कातिर, एकीकृत समाजवादीलाई फुटाउने गरी ल्याउने भनिएको अध्यादेशप्रति पनि पूर्व राष्ट्रपति भण्डारी असन्तुष्ट रहेकाे स्राेत बताउछ । अनि, भर्खरै एमालेले कारबाही गरेका तीन नेताको विषयमा पनि पूर्व राष्ट्रपति भण्डारी असन्तुष्ट रहेकाे स्राेतकाे दावी छ।
भीम रावललाई कारबाही गरेको सन्दर्भमा भन्दा पनि विन्दा पाण्डे र उषाकिरण तिम्सनालाई कारबाही गरेको विषयमा पूर्व राष्ट्रपति भण्डारीले चित्त दुखाएकाे स्राेतकाे दावी छ।
पछिल्लो छिमलमा नेतृत्व विकास गरिरहेका दुईजना महिला नेतृलाई कारबाही गरेर अध्यक्ष ओलीले अनावश्यक पुरुषार्था देखाएको गुनासो पनि पूर्व राष्ट्रपति भण्डारी समूहकाे रहेको एमाले स्रोतको दावी छ ।
भण्डारीमा गुनासो बढेको थाहा पाएपछि नै अध्यक्ष ओली एमालेको सचिवालय बैठक सकिएलगत्तै २०८१ पुस १८ गते विहीबार भण्डारीलाई भेट्न पूर्व राष्ट्रपति भण्डारी निवास भंगाल पुगेका थिए ।
केन्द्रीय कमिटीको बैठक बस्नु ठिक दुईदिन अघि भण्डारीसँग २ घण्टाभन्दा धेरै समय विताएर अध्यक्ष ओलीले आफ्नो गतिविधिबारे प्रष्टीकरण दिएको पनि स्रोतको दावी छ । हुन त, भारत, चीन, अमेरिकालगायत अन्तर्राष्ट्रिय सम्बन्धमा प्रधानमन्त्री ओलीले सन्तुलन कायम गर्न नसकेको भन्ने गुनासो पनि पूर्व राष्ट्रपति भण्डारीको रहेको निकट स्राेत बताउछ ।
स्रोतहरुक अनुसार, भारतसँग अनावश्यक दूरी राखेर सम्वाद नै नगरेको र ट्रयाक टु डिप्लाेमेसी पनि प्रयोग नगरेको पूर्व राष्ट्रपति भण्डारीले गुनासो गर्ने गरेकी छिन् । भारतसँग धेरे सम्बन्ध बिगारेर नेपाललाई खासै फाइदा नहुने पनि भण्डारीको तर्क रहेको उनी निकट स्रोतको दावी छ ।
त्यसो त, पछिल्ला दिनमा एमालेभित्र ओलीप्रति बढ्दो अविश्वास र असन्तुष्टिको अर्को केन्द्र भण्डारी नै बन्न थालेकी छिन् । त्यसैले पनि पूर्व राष्ट्रपति भण्डारीको गुनासो र असन्तुष्टिलाई ओलीले सम्बोधन गर्ने प्रयास गर्न थालेको पनि बताइन्छ ।
पूर्व राष्ट्रपति भण्डारीको असन्तुष्टिकै कारण केन्द्रीय कमिटी धेरै प्रभावित नहोस् भनेर बैठक बस्नु दुईदिन अघि अध्यक्ष ओली भेट्न गएको चर्चा पनि एमालेमा भइरहेको छ । नेकपा एमालेकाे केन्द्रीय समितिकाे आठाैं बैठकमा बाहिर राजनीतिक क्षेत्रमा गरिएकाे चर्चा र आंकलन अनुसार, त्यत्ति धेरै राेचक र घाेचक नबनेकाे स्राेत बताउछ ।

प्रतिकृया दिनुहोस