🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाल विद्युत प्राधिकरणका कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौँ, २ माघ  : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण नोलाइट शाखा मूलपानीमा कार्यरत तीन कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

प्राधिकरणको तार एक सेवाग्राहीको जग्गाबाट हटाइदिने भन्दै उनीहरुमाथि रु १५ हजार घुस लिएको अभियोग लागेको छ । आयोगले केही दिन पहिले इलेक्ट्रिकल सुपरभाइजर बद्रीनाथ न्यौपाने, हेल्पर काले थापामागर र ज्यालादारीमा काम गर्ने विदुर पुडासैनीलाई घुस माग्दा माग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । 

उनीहरुलाई बिगो बमोजिमको जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । (रासस)