🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नवजात शिशु जन्माइ मारेर फरार आमा पक्राउ

काठमाडौँ, २ माघ (रासस) : आफ्नै शिशुलाई मारेर फालेको अभियोगमा प्रहरीले आज एक महिलालाई पक्राउ गरेको छ । 

काठमाण्डौँ महाबौद्धस्थित आफ्नै कोठामा यही माघ १ गते नवजात शिशु जन्माइ मारेर फरार हुँदै आएकी कपिलवस्तुकी मञ्जु चौधरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ । 

शिशुको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज राखिएको र घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

यस्तै प्रहरीले तीन हजार लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गर्ने कच्चापदार्थ बरामद गरी नष्ट गरेको छ । 

इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले दक्षिणकाली नगरपालिका क्षेत्रबाट ५०० लिटर र महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरी टोलीले काठमाडौँ शङ्खरापुर नगरपालिकाबाट ५०० लिटर तयारी मदिरा र दुई हजार लिटर कच्चापदार्थ बरामद गरी आज नष्ट गरेको जनाएको छ । 
––– 
–––