• आइतबार-पौष-२१-२०८१

दोस्रो नम्बरका भेटुवालले कसरी मारे बाजी ?

 

काठमाडौं । जल तथा ऊर्जा आयोगमा कार्यरत सचिव रामप्रसाद घिमिरे ५८ वर्षे उमेर हदका कारण २०८१ मंसिर अन्तिम हप्ता अनिवार्य अवकाशमा गएका थिए । त्यसयता नेपाल सरकारको एक  प्राविधिक सचिव पद रिक्त रहेको थियो । त्यसपछि लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षमा केही दिन अघि बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिकतर्फ रिक्त रहेको सचिव पदका लागि प्राबिधिकतर्फका तीनजना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको थियो । जसमा सहसचिवहरु दीनानाथ शर्मा, मधुप्रसाद भेटुवाल र चिरञ्जीवी चटौतको नाम सचिव बढुवाका लागि आयोगले सिफारिस भएको थियो ।


आयोगले सिफारिसमा पहिलो नम्वरमा शर्मा, दोश्रोमा भेटुवाल र तेश्रोमा चटौत रहेका थिए । तर, ०८१ पुष ९ गते मंगलबार बसेको मन्त्रिपरिषद बैठकले दोश्रो नम्वरमा सिफारिस भएका सहसचिव भेटुवाललाई सचिव बढुवा गर्ने निर्णय गरेको थियो । सचिव बढुवा हुनु अघि उनी १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा कार्यरत रहेका थिए । पहिलो नम्बरमा सिफारिस भएका सहसचिव शर्मालाई पाखा लगाएर दोस्रो नम्बरमा भेटुवाललाई सरकारले किन बढुवा ग¥यो भन्ने प्रश्न पनि उठेको छ ।


 सिफारिस भएका ३ जनामा भेटुवालको नाम दोस्रो नम्बरमा रहे पनि उनको उमेर अवधि कम भएका कारण सरकारले उनलाई न्याय दिनको लागि सचिव बढुवा गरेसँगै उनले बाजी मार्न सफल भएको बताइन्छ । अव उनले करिब एक वर्ष मात्र सचिवको भूमिकामा रहेर काम गर्नेछन् । तेस्रो नम्बरमा सिफारिस भएका चतौट भने उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको ऊर्जातर्फ महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका छन् ।

 

आयोगले पहिलो नम्बरमा सिफारिस गरेका सहसचिव शर्मा भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पारमाणविक पदार्थ व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका छन् । पुस ९ गते मंगलबार सचिव बढुवा भएका सचिव भेटुवाललाई सरकारले जल तथा ऊर्जा आयोगको जिम्मेवारी दिएको छ । (साँघु साप्ताहिक, २०८१ पुस १५)
 

प्रतिकृया दिनुहोस